खसिया’ आखरको कोशवैज्ञानिक विश्लेषण
DOI:
https://doi.org/10.3126/medha.v8i2.92601Keywords:
प्रविष्टि, व्युत्पत्ति, स्रोत, शब्दवर्ग, चिह्नAbstract
प्रस्तुत शोधलेख खसिया’ आखर शब्दकोशको कोशवैज्ञानिक विश्लेषणमा केन्द्रित छ । निगमनात्मक विधिको प्रयोग गरिएको यस लेखमा कोशविज्ञानअन्तर्गत कोशसम्पादनका सैद्धान्तिक मान्यताका आधारमा खसिया’ आखर को विश्लेषण गरी निष्कर्ष प्रस्तुत गरिएको छ । लेख्य र कथ्य दुवै क्षेत्रबाट शब्दसङ्कलन गरिएको यस शब्दकोशमा सङ्कलित शब्दको व्यवस्थापन वर्णानुक्रम, मूल प्रविष्टि र उपप्रविष्टिका माध्यमबाट गरिएको छ । सम्भव भएसम्म शब्दवर्ग, व्याकरण र व्युत्पत्तिको सूचना दिइएको, केही प्रविष्टिको लिङ्ग, वचन र तिर्यक् रूपको समेत सङ्केत गरिएको, सङ्कलित सम्पूर्ण शब्दको ऐतिहासिक, सांस्कृतिक र सामाजिक सन्दर्भका आधारमा अर्थविधान गरिएको र अनावश्यक पुनरावृत्तिको न्यूनीकरण, स्थानको बचत, शाब्दिक संरचनाको व्यवस्थित प्रस्तुति, प्रविष्टि र उपप्रविष्टिको स्पष्टताका लागि चिह्न र सङ्क्षेप शब्दको प्रयोग गरिएको यो शब्दकोश कोश विज्ञानका सैद्धान्तिक मान्यताको प्रायः अनुसरण गरिएको देखिन्छ । यति हुँदा हुँदै पनि यसमा केही कमजोरी पनि छन् । वर्णविन्यास, स्रोतसङ्केत, वर्गसङ्केत, अर्थविधान र चिह्नप्रयोगमा केही त्रुटि देखिन्छन् । यसमा रहेका त्रुटिको निराकण गर्नै हो भने यो शब्दकोश खश भाषाको आधिकारिक, मानक र उपजीव्य शब्दकोश बन्न सक्छ भन्ने निष्कर्ष प्रस्तुत अध्ययनबाट प्राप्त भएको छ ।
Downloads
Downloads
Published
How to Cite
Issue
Section
License
Copyright (c) 2026 Mahendra Morang Adarsha Multiple Campus

This work is licensed under a Creative Commons Attribution-NonCommercial 4.0 International License.
This license enables reusers to distribute, remix, adapt, and build upon the material in any medium or format for noncommercial purposes only, and only so long as attribution is given to the creator.