‘अब गाउँ ब्युँझियो’ कथामा अनुभूतिको संरचना

Authors

DOI:

https://doi.org/10.3126/medha.v8i2.92603

Keywords:

अधीनस्थ, उदयीमान पिँढी, मीमांसावादी धारा, वैचारिक चिन्तन

Abstract

‘अब गाउँ ब्युँझियो’ रोहित दाहालद्वारा लिखित मार्क्सवादी प्रगतिवादी चिन्तनमा आधारित कथा हो । सामाजमा व्याप्त जातीय र वर्गीय दमन र शोषणको विरोध गर्दै समानताको आवाजलाई मूल स्वर बनाइएको छ । प्रस्तुत लेखमा उक्त कुराको अनुभूति कसरी संरचित भएको छ भन्ने कुरालाई मुख्य समस्या बनाई समाधानको खोजी गरिएको छ । यसका लागि बेलायतका नवमार्क्सवादी चिन्तक रेमण्ड विलियम्सको अनुभूतिको संरचनासम्बन्धी अवधारणालाई मुख्य सैद्धान्तिक आधारको रूपमा लिइएको छ । यसमा गुणात्मक विधिमा आधारित पाठविश्लेषण पद्धतिको उपयोग गरिएको छ भने लेख तयार पार्न चाहिने चाहिने सामग्रीको सङ्कलन पुस्तकालयीय कार्यबाट गरिएको छ । यसरी सङ्कलित सामग्रीलाई प्राथमिक र द्वितीयक गरी दुई प्रकारमा वर्गीकरण गरिएको छ ।  प्राथमिक सामग्रीका रूपमा रोहित दाहालको ‘अब गाउँ ब्युँझियो’ कथालाई चयन गरिएको छ भने द्वितीयक सामग्रीका रूपमा अनुभूतिको संरचनासम्बन्धी सिद्धान्तसँग सम्बद्ध पुस्तक, समालोचनात्मक ग्रन्थ र फुटकर लेखको उपयोग गरिएको छ । पिँढीगत अनुभूति र दबाब र तनावजन्य अनुभूतिको संरचनालाई विमर्शको प्रमुख आधार बनाई विश्लेषण गर्दा प्रस्तुत कथामा पुस्ताहरूमा दबाब र तनावको स्थिति सिर्जना भई कथावस्तु अघि बढेको देखिन्छ भने यसैबीचबाट विशिष्ट अनुभूतिजन्य संस्कृतिको संरचना निर्माण भई पिँढीगत अनुभूतिको संरचना निकै सशक्त ढङ्गले अभिव्यक्त भएको निष्कर्ष निकालिएको छ ।

Downloads

Download data is not yet available.
Abstract
6
PDF
3

Downloads

Published

2026-04-13

How to Cite

Tamang, S. D. (2026). ‘अब गाउँ ब्युँझियो’ कथामा अनुभूतिको संरचना. Medha: A Multidisciplinary Journal, 8(2), 103–110. https://doi.org/10.3126/medha.v8i2.92603

Issue

Section

Articles