स्नातक अनिवार्य नेपाली पाठ्यक्रमको मूल्याङ्कन (Evaluation of Compulsory Nepali for Bachelor Level)

Authors

  • Buddha Raj Khaniya Center Department of Education, Tribhuvan University

Keywords:

पाठ्यक्रम, पाठ्यविषय, उद्देश्य, छनोट, स्तरण

Abstract

त्रिभुवन विश्वविद्यालय अन्तर्गत विभिन्न सङ्कायका स्नातक तहमा अनिवार्य विषयका रूपमा लागु गरिएको अनिवार्य नेपाली विषयको पाठ्यक्रमका अङ्गहरूको विश्लेषण गर्ने उद्देश्यले तयार गरिएको यो लेख गुणात्मक ढाँचाको वर्णनात्मक विधिमा आधारित छ । पुस्तकालयीय अध्ययन अनुसार स्नातक तहको अनिवार्य नेपाली विषयको पाठ्यक्रमलाई अध्ययनको मूल सामग्रीका रूपमा छनोट गरी सोही पाठ्यक्रमबाट तथ्यहरू सङ्कलन गरी गुणात्मक ढाँचा अनुुसार वर्णन विश्लेषण गरिएको छ । यस अनुसार पाठ्यक्रममा साधारण उद्देश्य र विशिष्ट उद्देश्य पुरा गर्न एघार किसिमका पाठ्यविषहरू छनोट गरी एघार ओटा एकाइमा स्तरण गरिएको छ । पाठ्यक्रममा कक्षागत र प्रयोगात्मक गरी दुई खण्डमा शिक्षण विधि उल्लेख गरिएको छ । मूल्याङ्कन पद्धतिमा बाह्य र आन्तरिक परीक्षाका आधारहरू खुलाइएको छ । यी कुराहरू पाठ्यक्रमका सवल पक्ष भए पनि पाठ्यक्रमका केही कमजोरीहरू रहेका छन् । साधारण उद्देश्यमा राखिएको ‘पाठ वा पाठांशका विषयवस्तुमा आधारित भई स्वतन्त्र अभिव्यक्ति प्रकट गर्न’ भन्ने उद्देश्य विशिष्ट उद्देश्य र पाठ्यवस्तुमा पाइँदैन । त्यस्तै पाठ्यक्रमा राखिएको ‘कविता, गीत र गजल निबन्ध, कथा, उपन्यास र नाटकको सरसर्ती अध्ययन गरी तिनको आस्वादन गर्न’ भन्ने उद्देश्य विशिष्ट र पर्याप्त देखिँदैन । विभिन्न चित्राकृतिलाई अनुच्छेदमा रुपान्तर गर्न सकिए पनि अनुच्छेदका सूचनालाई वृत्तचित्र, स्तम्भ चित्र जस्ता विभिन्न चित्राकृतिमा विद्यार्थीलाई रूपान्तर गर्न लगाउनु उपयुक्त होइन किनकि यस्ता कार्य प्राविधिक विषय हुन् । त्यसैगरी शिक्षण विधिमा कक्षागत शिक्षणका लागि एकाइगत विधि र कार्यलापहरूको निर्देशन दिइएको छैन । 

Abstract
308
PDF
0

Downloads

Published

2024-07-16

How to Cite

स्नातक अनिवार्य नेपाली पाठ्यक्रमको मूल्याङ्कन (Evaluation of Compulsory Nepali for Bachelor Level). (2024). Marsyangdi Journal, 4(1), 89-98. https://doi.org/10.3126/mj.v4i1.67819

Issue

Section

Articles

How to Cite

स्नातक अनिवार्य नेपाली पाठ्यक्रमको मूल्याङ्कन (Evaluation of Compulsory Nepali for Bachelor Level). (2024). Marsyangdi Journal, 4(1), 89-98. https://doi.org/10.3126/mj.v4i1.67819