अनुत्तरित जिज्ञासा, कम्युनिस्ट गाता, ज्ञान–अभ्यास, बोध र ‘क–प्रश्न’

Authors

  • Mrigendra Bahadur Karki CNAS, Kathmandu

DOI:

https://doi.org/10.3126/naj.v4i1.83568

Keywords:

आत्मकथा, क–प्रश्न, जिज्ञासा, बोध, ज्ञान–अभ्यास, संशय

Abstract

अनुत्तरित जिज्ञासा, कम्युनिस्ट गाता, ज्ञान–अभ्यास, बोध र ‘क–प्रश्न’ प्रस्तुत लेख दक्षिण एसिया विशेषगरी नेपालको मौलिक शोधपद्धतिका रूपमा रहेको तर पछिल्लो समयमा पाश्चात्य शोधपद्धतिको प्रभावका कारण तिरोहित भएको ‘क– प्रश्न’को खोजीमा केन्द्रित छ । क–प्रश्नको खोजीको मुख्य आधार अनुत्तरित जिज्ञासा हो । अनुत्तरित जिज्ञासाबाट प्रारम्भ भएको यस शोधयात्रामा कम्युनिस्ट गाता, ज्ञान– अभ्यास र बोधले क–प्रश्नको निक्र्योलमा सहयोगी भूमिका निर्वाह गरेका छन् । यस लेखमा प्रयुक्त ‘अनुत्तरितजिज्ञासा’ पदावलीले सामान्य अर्थको तहमा नेपाली प्राज्ञिक समाजमा व्याप्त ज्ञानउत्पादनप्रतिको निष्क्रियता÷आन्तरिक जिज्ञासाको अभावलाई सङ्केत गरेको छ भने विशिष्ट अर्थका तहमा यसले ज्ञानउत्पादनको परम्परागत ढाँचा ‘सिद्धान्त–पहिला, पद्धति–पछि’ माथि प्रश्न उठाएको छ । ‘सिद्धान्त–पहिला, पद्धति–पछि’ शोधपद्धतिले शोधको मौलिकता प्रायः बाहिरी वैधानिकतामा निर्भर रहने कुुरामा जोड दिनेभएकाले यो पद्धति नेपाली समाजका लागि मौलिक शोधपद्धति बन्न सक्दैन भन्ने अनुत्तरित जिज्ञासा पदावलीले सङ्ेकत गरेको तात्पर्य हो । यसअर्थमा नेपाली मौलिक शोधपद्धतिको खोजीको आवश्यकतालाई पनि यसले औँल्याएको छ । यही पृष्ठभूमिमा गुणात्मक उपागम र आत्मकथात्मक विधिमा आधारित भई शोधकर्ताको दुई दशकभन्दा बढीको ज्ञानअभ्यासको अवधिमा आर्जित अनुभूति र विचारको विश्लेषण गरिएको यस लेखमा दक्षिण एसियाली दार्शनिक परम्पराको ‘जिज्ञासा’ र ‘अभाव’ मा आधारित वैकल्पिक शोधपद्धति ‘क–प्रश्न’ को प्रस्ताव गरिएको छ । क–प्रश्नको प्रस्तावमा शोधार्थीलाई सिनास–अक्सफोर्ड परियोजनामा सहभागिता (सन् २००३–२००६), ‘प्रश्नैबिना अन्तर्वार्ता’ को व्यक्तिगत अनुभूति, प्राध्यापन (सन् २००३–२०२३) र विद्यावारिधि अनुसन्धान समिति सदस्य (सन् २०१९–२०२३) का रूपमा प्राज्ञिक क्रियाकलापमा संलग्न रहँदा आर्जन गरेका अनुभव र विचारले सामग्री (तथ्य र तथ्याङ्क) को काम गरेका छन् । प्रस्तुत लेखमा प्रस्ताव गरिएको शोधपद्धति क–प्रश्नले पूर्वनिर्धारित प्रश्नहरू अर्थात् ‘तयारी तथ्य र तथ्याङ्क’ भन्दा माथि उठेर जीवनका यथार्थहरूमा आधारित मौलिक शोध गर्न, प्रश्न गर्ने क्षमता र प्राज्ञिक इमानदारीको पुनरुत्थानमा जोड दिन, आयातित ज्ञानका अवधारणाहरूलाई परित्याग गरी नेपालको सभ्यतागत विरासतबाट प्राप्त स्वदेशी ज्ञानको पुनरुत्थान गरी नेपाली समाजशास्त्रको पुनर्निर्माण गर्ने लक्ष्यलाई सार्थक बनाउन सक्छ भन्ने निष्कर्ष प्राप्त भएको छ ।

Downloads

Download data is not yet available.
Abstract
168
PDF (नेपाली)
53

Published

2025-08-27

How to Cite

Karki, M. B. (2025). अनुत्तरित जिज्ञासा, कम्युनिस्ट गाता, ज्ञान–अभ्यास, बोध र ‘क–प्रश्न’ . Nepal Adhyayan Journal नेपाल अध्ययन जर्नल, 4(1), 61–92. https://doi.org/10.3126/naj.v4i1.83568

Issue

Section

Articles