शोधप्रक्रियामा सैद्धान्तिक आधार तथा अवधारणत्मक ढाँचा

Authors

  • Prem Prasad Chaulagai Trichandra Multiple Campus, Kathmandu

Keywords:

अवधारणा, तत्व, सूचक, शोधप्रक्रियाका सैद्धान्तिक आधार

Abstract

प्रस्तुत लेख शोधप्रक्रियामा सैेद्धान्तिक आधार तथा अवधारणात्मक ढाँचाको स्वरूप, वैशिष्ट्य एवम् तिनको अन्तर्सम्बन्धको निरूपणमा केन्द्रित छ । गुणात्मक प्रकृतिको प्रस्तुत लेखमा सैद्धान्तिक आधार तथा अवधारणात्मक ढाँचाको स्वरूप, वैशिष्ट्य एवम् तिनको अन्तर्सम्बन्धको निक्र्योलका लागि आगमनात्मक विधिको अनुसरण गरिएको छ । त्रिभुवन विश्वविद्यालय, मानविकी तथा सामाजिक शास्त्र सङ्कायमा प्रस्तुत गरिएका नेपाली विषयका विद्यावारिधि तहका १० ओटा शोधप्रबन्ध (वि.सं २०७४ देखि २०८१ सम्मका) को छनोट गरी तिनमा उल्लेख गरिएका सैद्धान्तिक आधार तथा अवधारणात्मक ढाँचा र तिनको प्रयोग पक्ष, प्राप्ति र सीमाको विश्लेषण गरी प्राप्त भएको निष्कर्षका आधारमा सैद्धान्तिक आधार तथा अवधारणात्मक ढाँचाको स्वरूप र भूमिकाको निक्र्योल गरिएको छ । निष्कर्षको पुष्टिका लागि पूर्वस्थापित सिद्धान्तका मान्यतालाई पनि प्रमाणका रूपमा प्रस्तुत गरिएको छ । शोध भनेको अन्वेषण हुन बाँकी क्षेत्र÷शीर्षकसँग सम्बद्ध सामग्रीको सङ्कलन र शोधन गरेर तŒवसम्बन्धी यथार्थ ज्ञान वा नवीन ज्ञान आर्जन गर्ने प्रक्रिया हो । यस प्रक्रियालाई व्यवस्थित बनाउने आधारमध्ये सैद्धान्तिक आधार तथा अवधारणात्मक ढाँचा मुख्य हुन् । यसर्थ शोधप्रक्रियाबाट प्राप्त हुने ज्ञान साध्य ज्ञान हो भने सैद्धान्तिक आधार र अवधारणात्मक ढाँचा साधन हुन् । सिद्धान्त भनेको तर्क र प्रमाणका आधारमा सत्य÷यथार्थ ज्ञान र त्यसको मूल्य स्थापित भएको विचार हो । स्थानविशेष, कालविशेष र परिस्थितिविशेषमा प्रतिपादन गरिएको यस्तो सिद्धान्त उत्तरवर्ती शोधमा तŒवमीमांसा, ज्ञानमीमांसा र मूल्यमीमांसाका दृष्टिले आधार बन्न सक्छ तर सामग्रीविश्लेषणको पूर्ण ढाँचा चाहिँ बन्न सक्दैन । यसैले शोधमा सङ्कलित सामग्रीको व्यवस्थित किसिमले विश्लेषण गरी निष्कर्ष प्रतिपादन गर्न शोधशीर्षकसँग सम्बद्ध पूर्वकार्यको अध्ययन, शोधअअन्तराल, शोधसमस्या, समस्यामा आधारित भएर सङ्कलन गरिएका सामग्री तथा पूर्वस्थापित सिद्धान्तका सत्य, ज्ञान र मूल्यसम्बन्धी मान्यताका आधारमा अवधारणात्मक ढाँचा बनाउनुपर्ने हुन्छ भन्ने मुख्य निष्कर्ष प्रस्तुत अध्ययनबाट प्राप्त भएको छ ।

Abstract
230
PDF (Nepali)
0

Downloads

Published

2025-08-27

How to Cite

Chaulagai, P. P. (2025). शोधप्रक्रियामा सैद्धान्तिक आधार तथा अवधारणत्मक ढाँचा . Nepal Adhyayan Journal नेपाल अध्ययन जर्नल, 4(1), 143-178. https://doi.org/10.3126/naj.v4i1.83577

Issue

Section

Articles

How to Cite

Chaulagai, P. P. (2025). शोधप्रक्रियामा सैद्धान्तिक आधार तथा अवधारणत्मक ढाँचा . Nepal Adhyayan Journal नेपाल अध्ययन जर्नल, 4(1), 143-178. https://doi.org/10.3126/naj.v4i1.83577