लिच्छवि अभिलेखहरूमा साहित्यको प्रयोग Lichhavi Abhilekhharuma sahityako Prayog

Authors

  • महेश Mahesh कुमार Kumar आचार्य Acharya

Keywords:

Sahitya; literature, Lichhavi abhilekh, chhanda, ras, alankar, Pratikatmak, Bhasha, लिच्छवि अभिलेख, साहित्य, गद्य अभिलेख, पद्य अभिलेख, छन्द, रस, अलंकार, प्रतिकात्मक भाषा

Abstract

लिच्छविकालमा लेखिएका र हाल प्रकाशनमा आइसकेका करिब २०० वटा अभिलेखहरूमा साहित्यको प्रयोग भए नभएको विषयमा र साहित्यको प्रयोग भएको भए कस्तो साहित्यको प्रयोग कुन रूपमा भएको छ ? भन्ने कुराको खोजी तथा अन्वेषणमा यो शोधमुलक आलेख केन्द्रित रहेको छ । साहित्य सिद्धान्त सम्बन्धी तथ्यहरू द्वितीय स्रोतहरूबाट सङ्कलन गरेर यही सैद्धान्तिक आलोकमा लिच्छवि अभिलेखहरूमा साहित्यको प्रयोग सम्बन्धी तथ्यको खोजी र विश्लेषण गरी यो लेख तयार पारिएको छ । यसबाट लिच्छवि अभिलेखहरू कथा, कविता, उपन्यास, निबन्ध जस्ता साहित्यिक विधामा समावेश गर्न सकिने काल्पनिक वा आख्यानात्मक साहित्य नभएको तर ज्ञान र सूचना संप्रेषणका लागि रचित शास्त्र विधा अन्तर्गत पर्ने आलेखहरू मात्र भएता पनि यी अभिलेखहरूमा पद्य विधाको प्रयोग गरी विभिन्न छन्दको प्रयोग तथा श्रृङ्गार, भयानक, वीर आदि रसको प्रयोग गरी साहित्यिक तुल्याइएको तथ्य प्रस्तुत गरिएको छ । साथै गद्य विधामा रचित अभिलेखहरूमा पनि मनुस्यगुणारोपण, उपमा, स्वरानुकरण, रूपक तथा अतिसयोक्ति जस्ता भाषिक अलंकारको प्रयोग गरी साहित्यिक रङ्ग दिइएको तथ्यको खोजी र प्रस्तुतिमा यो लेख केन्द्रित रहेको छ । लिच्छवि अभिलेखहरू पूर्ण साहित्य नभएता पनि साहित्यिक गुणहरूले सुशोभित आलेखहरू हुन् भन्ने निष्कर्ष यस लेखको मुख्य प्राप्ती रहेको छ ।

Abstract
795
pdf
0

Downloads

Published

2019-12-02

How to Cite

लिच्छवि अभिलेखहरूमा साहित्यको प्रयोग Lichhavi Abhilekhharuma sahityako Prayog. (2019). Nepalese Culture, 13, 1-12. https://doi.org/10.3126/nc.v13i0.27497

Issue

Section

Articles

How to Cite

लिच्छवि अभिलेखहरूमा साहित्यको प्रयोग Lichhavi Abhilekhharuma sahityako Prayog. (2019). Nepalese Culture, 13, 1-12. https://doi.org/10.3126/nc.v13i0.27497