काठमाडौं उपत्यकाका ऐतिहासिक राजकुलो Kathmandu Upatyakako Aaitihasik Rajkulo

Authors

  • सन्ध्या Sandhya खनाल Khanal पराजुली Parajuli

Keywords:

तिलमक Tilmak, ढलपा Dhalpa, मुद्रा Mudra, व्याँजा नकेगु Byanja Nakegu, गोसहस्र, हेमहस्तिरथ hemahasthirath, पंचलाङ्गस

Abstract

मानव जीवनमा अपरिहार्य तत्वको रूपमा रहेको पानीको सहज आपूर्तिका निम्ति प्राचीन सभ्यता नदी किनारमा बसेका थिए । तर बेला बेलामा नदीमा आउने प्राकृतिक प्रकोपका कारण सुरक्षित बासस्थानमा बसी पानीको सहज आपूर्ति गर्नु चुनौती थियो, जसको परिपूर्तिका निम्ति मानिसले आफ्नै बासस्थानमा कुलो मार्पmत पानी ल्याउने काम गरे । काठमाडौं उपत्यकामा विभिन्न कालखण्डका शासकहरूद्वारा यहाँका जनतालाई खानेपानी, सिचाइँ, मत्स्यपालन आदिका निम्ति कुलोको निर्माण गरे, जुन राजकुलोको नामले प्रसिद्ध भयो । किराँतकालमै कुलो निर्माणको इतिहास शुरु भई लिच्छविकालमा तिलमक नामले विस्तार हुँदै मध्यकाल र पछिल्लाकालमा समेत राजकुलो निर्माण भइरहे । मध्यकालमा राजकुलोको निर्माणका साथै तिनको मर्मत सो कुलोको प्रयोगकर्ता स्वयं जनताले नै गर्नुपर्ने तथा नगरेमा आर्थिक दण्ड तिर्नु पर्ने व्यवस्थाका कारण लामो कालखण्डसम्म राजकुलोहरू सुरक्षित रहन सफल भए ।
काठमाडौं उपत्यकामा निर्माण भएका राजकुलोहरू मध्ये प्राचीनकालमै टिका भैरवद्वारा लेलेदेखि चापागाउँसम्म निर्माण गरिएको विश्वास गरिने राजकुलो, कीर्तिपुरका पूर्वमध्यकालीन राजा शिवदेवले निर्माण गरेका, राजा प्रताप मल्लले शिवपुरीबाट हनुमानढोका दरबारसम्म ल्याएका, राजा सिद्धिनरसिंह मल्लद्वारा चापागाउँदेखि लगनखेलसम्म विस्तार गरेका तथा भक्तपुरमा राजा जितामित्र मल्लले महादेव पोखरीदेखि भक्तपुर दरबारसम्म निर्माण गरेका राजकुलोहरू प्रमुख हुन् । यी बाहेक अभिलेख तथा वंशावलीमा उल्लेख भएका कयौं राजकुलोहरू मध्ये हाल ललितपुरको लेलेदेखि लगनखेलसम्म विस्तारीत प्राचीन राजकुलो बाहेक अन्य सबै हराइसकेका छन् । ललितपुरको उक्त राजकुलो पनि पहिलेको तुलनामा अत्यन्त साघुँरिन गई जीर्ण हुनुका साथै खुमलटारमा अलपत्र अवस्थामा रहेको छ । प्राचीनकालमा जस्तै वर्तमान समयमा पानीको सुरक्षाका निम्ति राज्यद्वारा छुट्टै खटाइएका कर्मचारीको अभाव हुनु, निति निर्माणको कमी हुनु, सम्बन्धित गुठीले बेलैमा राजकुलोको संरक्षण नर्गनु, व्याँजा नकेगु, सिठि नखः जस्ता परम्परागत पर्वमा पानीका स्रोत मर्मत, जीर्णोद्वार गर्ने परम्परा हराउँदै जानु, उपत्यकामा जथाभावी सडक विस्तार हुनु तथा खेतीयोग्य जमीन मासि अव्यवस्थित संरचना निर्माण गर्नु राजकुलो एवं कुलो बिनाशका कारण हुन् । उपत्यकामा हाल सुचारू अवस्थामा रहेका जति पनि राजकुलो तथा कुलो छन्, ती इतिहासका महत्वपूर्ण सम्पदा एवं पानीका दह्रिला स्रोत हुन्, जसको
संरक्षण कडा नितिसहित बेलैमा हुनु पर्दछ । ललितपुरमा रहेको राजकुलोको जीर्णोद्वार गरी खुमलटार देखि ललिपुरको भित्री शहरसम्म जोड्न सकिएमा उक्त राजकुलोसँग सम्बन्धित पाटनका कयौं एतिहासिक पोखरी एवं ढुङ्गेधाराहरू पुनः सुचारु हुन सम्भव छ । यसको बेलैमा जीर्णोद्वार गरी ऐतिहासिक धरोहर सुरक्षित राख्न अत्यन्त जरुरी देखिन्छ ।

Abstract
1283
pdf
0

Downloads

Published

2019-12-02

How to Cite

काठमाडौं उपत्यकाका ऐतिहासिक राजकुलो Kathmandu Upatyakako Aaitihasik Rajkulo. (2019). Nepalese Culture, 13, 29-42. https://doi.org/10.3126/nc.v13i0.27499

Issue

Section

Articles

How to Cite

काठमाडौं उपत्यकाका ऐतिहासिक राजकुलो Kathmandu Upatyakako Aaitihasik Rajkulo. (2019). Nepalese Culture, 13, 29-42. https://doi.org/10.3126/nc.v13i0.27499