दशमहाविद्या एक परिचय Dashamhabiddhya Ek Parichaya

Authors

  • निर्मला Nirmala पोखरेल Pokharel

DOI:

https://doi.org/10.3126/nc.v13i0.27500

Keywords:

पञ्चमकार Panchamakar, दशमहाविद्या Dashamahabiddhya, सतीदेवी satidevi, तान्त्रिकग्रन्थ Tatrikgrantha, मातृका Matrika, मातृशक्ति Matrishakti, तन्त्र tantra, शाक्तधर्म Shaktadharma

Abstract

नेपाली समाजको धार्मिक, सांस्कृतिक एवं सामाजिक परंपरामा वैदिक मूल्य, मान्यता र आदर्शको जति नै प्रभाव तान्त्रिक मूल्य मान्यता र आदर्शको पनि रहेको छ । यहाँ नैगमिक(वैदिक) र आगमिक(तान्त्रिक) दुवै परंपराको समन्वय भेटिन्छ । सुक्ष्मरुपमा विचार गर्दा नेपाली समाजमा तन्त्र एवं तन्त्रवादको अझ वढि प्रभाव रहेको पाईन्छ । यहाँका धार्मिक एवं सामाजिक परंपरा र रीतिरिवाजहरु आगम वा तन्त्रबाट नै बढि निर्देशित रहेका छन् । यसै परिप्रेक्षमा शाक्ततन्त्र परंपरा यहाँको प्रमुख तन्त्र परंपरामा पर्दछ । सम्पूर्ण विश्वब्रह्माण्डको परमकारणका रुपमा शक्ति अर्थात मातृदेवीलाई मानी तदनुरुप उपासना पद्धतिहरु प्रतिपादन गरिएका तन्त्रहरु शाक्ततन्त्र अन्तर्गत पर्दछन ।
देवताहरुको सर्वाेच्च देवत्व शक्तिमा नै निहित भएको मानिन्छ । शिव, विष्णु लगायत अरु देवता पनि शक्तिको उपस्थिति विना क्रियाशील हुन सक्दैनन् । शक्तिले देवीदेवता र प्राणीलाई जन्म दिई शक्तिको संचार गर्ने हुनाले उनलाई स्त्रीरुपमा कल्पना गरिन्छ र आमाको स्थान दिईन्छ । शक्ति सर्वव्यापी तत्व हो र उनी व्रम्हा, बिष्णु, शिव आदिकी शक्ति भएकीले ती विश्वशक्तिको नाम भगवती पनि रहनगयो । प्राचीन समय देखि अस्तित्वमा रहेका शक्तिस्वरुपिणी देवीहरुलाई राजा गुणकामदेव (एघारौ शताव्दि)ले पुन ः प्रशिद्ध वनाएको पाईन्छ । यस्ता देवीका विभिन्न स्वरुपको उपासना गर्ने क्रममा दशमहाविद्यारुपी देवीहरुको पूजा उपासना गर्ने परंपराको व्यापकता नेपालमा मध्यकालदेखि विषेशरुपमा रहेको पाईन्छ ।

Downloads

Download data is not yet available.
Abstract
695
pdf
911

Downloads

Published

2019-12-02

How to Cite

पोखरेल Pokharel न. N. (2019). दशमहाविद्या एक परिचय Dashamhabiddhya Ek Parichaya. Nepalese Culture, 13, 43–56. https://doi.org/10.3126/nc.v13i0.27500

Issue

Section

Articles