ह्योल्मो जातिको अन्त्येष्टि संस्कार Hyolmo Jatiko Antyesti Sanskar

Authors

  • प्रेम Prem ध्वज Dhwaj लामा Lama

Keywords:

याङज्यू गुम्वा Yangyu Gumba, ह्योल्मो Hyolmo, आदिवासी Aadibasi, फवा fawa, अन्त्येष्टि Antyesti, मोलम दिण्डा Molam Dinda, घेवा Ghewa, नेपार Nepar

Abstract

नेपालमा बसोबास गर्ने विविध जाति जनजातिहरु मध्ये आदिबासी समुदायमा गणना हुने ह्योल्मो अल्पसंख्यक जाति हो । उनीहरुको मुख्य पुख्र्यौली बसोवासस्थल सिन्धुपाल्चोक जिल्लाको हेलम्बु र पाँचपोखरी गाउँपालिका हो । यीबाहेक अरु २१ जिल्लामा पनि बसोवास रहेको पाइन्छ । यो जातिको विभिन्न संस्कारहरु मध्ये अन्त्येष्टि संस्कार एक महत्वपूर्ण संस्कार हो । ह्योल्मोहरु महायानी बौद्ध धर्मावलम्वीभएकोले उनीहरुकोहरेक संस्कार महायनी बौद्ध धर्मको आधारमा रीतिथितिहरु सम्पन्न गरिन्छ । सबै प्रकारका संस्कार कार्य सम्पन्न गर्नको लागि लामाको महत्वपूर्ण भूमिका रहेको हुन्छ ।यसरी नै मृत्यु संस्कार पनि विभिन्न चरणमासम्पन्न गरिएको हुन्छ । मृत्यु संस्कार सम्पन्न गर्नको लागि गुम्बाले विशेष भूमिका खेल्दछ ।छोरीहरुले भने मृतकको अनुहार सफा गरेर तेल लगाइ दिने र जुवाइँले लास जलाउन शुरु गरेबाट अन्त्य नभएसम्म सबै रेखदेख कार्यमा भूमिका निर्वाह गर्नु पर्दछ । ह्योल्मोहरुको अन्त्येष्टि संस्कार चरणगत रुपमा सर्बप्रथम मृतकको भौतिक शरीरबाट आत्मालाई अलग गर्ने संस्कार गरिन्छ जसलाई ह्योल्मा भाषामा फोवा भनिन्छ । फोवा संस्कार सम्पन्न भएपछि दाहसंस्कार गर्नका लागि पूजापाठ गरिन्छ । दाह संस्कार गरेको तीन दिनपछि मृतकको आत्माले चीर शान्ति मिलोस् भनेर नेपार नामको संस्कार गरिन्छ । त्यसपछि सात सात दिनमा सात हप्ते मोलम पूजा गरिन्छ ।मोलम भन्नाले मृतकको आत्मा सुखावती लोकमा जाओस् भनेर गरिने पूजा हो । मृत्यु भएकोे ४९ औं दिनमा अनुष्ठान संस्कार गरिन्छ ।
यस कार्यलाई घेवा भनिन्छ । मृत्यु भएको वर्ष दिनमा मृतकको सुख प्राप्तिको लागि वार्षिक पूजा गरिन्छ । यसपछि ह्योल्मोहरुको अन्त्येष्टि संस्कारको सम्पूर्ण चक्र विधिवत रुपमा सम्पन्न हुन्छ ।

Abstract
964
pdf
0

Downloads

Published

2019-12-02

How to Cite

ह्योल्मो जातिको अन्त्येष्टि संस्कार Hyolmo Jatiko Antyesti Sanskar. (2019). Nepalese Culture, 13, 57-64. https://doi.org/10.3126/nc.v13i0.27501

Issue

Section

Articles

How to Cite

ह्योल्मो जातिको अन्त्येष्टि संस्कार Hyolmo Jatiko Antyesti Sanskar. (2019). Nepalese Culture, 13, 57-64. https://doi.org/10.3126/nc.v13i0.27501