किसान जातिका परम्परागत संस्था, नेतृत्व प्रणाली, प्रथाजनित कानुन एवम् लोकविश्वास Kisan Jatika Paramparagat Sanstha, Netritwa Pranali, Prathajanit Kanun ebam Lokbiswas

Authors

  • लोकनाथ दुलाल

Keywords:

किसान, आदिवासी जनजाति, परम्परागत संस्था, नेतृत्व प्रणाली, प्रथाजनित कानुन, लोकविश्वास

Abstract

किसान नेपालमा बसोबास गर्ने अल्पसंख्यक लोपोन्मुख समुदायअन्तर्गत पर्ने आदिवासी जनजाति हो । यो समुदायको बसोबास विशेषत प्रदेश नं १ को झापा जिल्लाका विभिन्न गाउँवस्तीहरूमा पाइन्छ । नेपाल बाहिर भारतका विभिन्न स्थानमा यिनीहरू बसोबास गर्दछन् । यिनीहरूका मौलिक सामाजिक, सांस्कृतिक, धार्मिक विशेषता यो आदिवासी जनजातिलाई चिनाउने प्रमुख आधार हुन् । यो समुदायमा प्रचलनमा रहेको परम्परागत नेतृत्व प्रणाली, प्रथाजनित कानुन र लोकविश्वास पनि आफ्नै प्रकारको छ । राजा (गाउँबुढा वा वैगा), मन्त्री (वकिल) र सिपाही यो समुदायका प्रमुख नायक हुन् । यिनीहरूको खटन पटन, निगरानी र निर्देशनमा समाज चल्दछ । समाजलाई अनुशासित, मर्यादित, प्रभावकारी, व्यवस्थित र नियमन गर्ने यो समुदायमा केही नीति, नियम आचार संहिता छन् । ती यस जातिका प्रथाजनित कानुन हुन् । धर्म एवम् धार्मिक आस्था, सामाजिक प्रचलन र सांस्कृतिक परम्परासँग जोडिएका यिनीहरूका विभिन्न मूल्यमान्यता पनि छन् । ती यो जातिका लोकविश्वास हुन् । समग्रमा किसान जातिको सामाज एवम् समुदायको नियन्त्रण र निर्देशन राजा, मन्त्री र सिपाहीले परम्परादेखि स्थापित प्रथाजनित कानुनका साथै लोकविश्वासलाई आधार बनाएर गर्दछन् । यी सामुदायीक नायकहरू आफै पनि कठोर अनुशासन र मर्यादामा बस्दछन् । जातीय कानुन, लोकविश्वासका साथै व्यवहारिक आचार संहिता पालन गर्नु आफ्नो धर्म, दायित्व र कर्तव्य ठान्दछन् । तर यो समुदायका अपनत्व तथा मौलिक पहिचानका आधार मानिने त्यस्ता पक्षहरूका विषयमा उतिधेरै अध्ययन अनुसन्धान हुन सकेको
छैन । यसर्थ परम्परागत नेतृत्व प्रणाली, प्रथाजनित कानुन र लोकविश्वासजस्ता पक्षलाई विश्लेषणको विषय बनाई शोधखोजगरी तयार पारिएका स्रोत सामग्रीहरू पर्याप्तरूपमा नपाइएका हुन् । निसन्देहः आंशिकरूपमा भए तापनि उक्त खाँचो परिपूर्ति गर्ने उद्देश्यले यो अनुसन्धान गरिएको हो ।

Abstract
616
pdf
1

Downloads

Published

2021-03-09

How to Cite

किसान जातिका परम्परागत संस्था, नेतृत्व प्रणाली, प्रथाजनित कानुन एवम् लोकविश्वास Kisan Jatika Paramparagat Sanstha, Netritwa Pranali, Prathajanit Kanun ebam Lokbiswas. (2021). Nepalese Culture, 14, 67-85. https://doi.org/10.3126/nc.v14i0.35426

Issue

Section

Articles

How to Cite

किसान जातिका परम्परागत संस्था, नेतृत्व प्रणाली, प्रथाजनित कानुन एवम् लोकविश्वास Kisan Jatika Paramparagat Sanstha, Netritwa Pranali, Prathajanit Kanun ebam Lokbiswas. (2021). Nepalese Culture, 14, 67-85. https://doi.org/10.3126/nc.v14i0.35426