सन्तान प्राप्तिको उपाय र वेदकालीन सांस्कृतिक परिवेश Santan Praptiko Upaya ra bedkalin Sanskritik Pariwesh

Authors

  • शुक्रराज अधिकारी

Keywords:

सन्तान, विवाह, वेद, समाज, संस्कृति

Abstract

सन्तानको महत्व, उत्पादन एंव उत्पादन गर्ने पद्दती समाज व्यवस्थाको सामाजिक तथा सांस्कृतिक परिवेशले निर्माण गर्दछ । समाज व्यवस्थाको सामाजिक तथा सांस्कृतिक ऐतिहासिक जगमा निर्माण भएको हुन्छ । यसै सन्दर्भसँग जोडिएर यस आलेख भित्र प्राचीन परिवेशको परावर्तन दिने वेदकालीन सामाजिक तथा सांस्कृतिक संरचनामा सन्तान, सन्तानको महत्व र सन्तान उत्पादनका उपायहरूको खोजी गरिएको छ । यस उद्देश्य प्राप्तीका लागि सर्वप्राचीन ऐतिहासिक सांस्कृतिक ग्रन्थ वेद, वेदकालीन तथा प्राचीन भारतीय सामाजिक इतिहाससँग सम्बन्धित विभिन्न सन्दर्भ ग्रन्थ, अनुसन्धानमूलक लेख लगायतका विभिन्न सन्र्दभहरूबाट  द्वितीय श्रोतको रूपमा प्राप्त भएका सूचनाहरूलाई ऐतिहासिक अन्तरवस्तु विश्लेषण विधिका माध्यमबाट विश्लेषण
गरिएको छ । यस अध्ययन कार्य वाट वेदकालीन समाजमा पशुधन एवं जमिनको बृहतीकरण अनिवार्य रहेको पाईयो । बृहतकिरणको प्रकृयाले आर्जित साधन स्रोतको संरक्षण र हस्तान्तरणकोलागि सन्तानको महत्व  रहने गरेको देखियो । त्यसका लागि सन्तानमध्ये पनि छोराको निकै महत्व र आवश्यकता मानेको पाईयो । अश्मारोहण, पाणीग्रहण लगायत विवाहका संस्कारजन्य विधिमा महिलाका खुट्टा पुज्ने, सम्मानका साथ सँगै जीवन जीउने
बाचासहित हात समात्ने कार्य हुने गरेका तथ्यहरूले पितृसतात्मक ढाँचामा रहेको वेदकालीन समाजभित्र पनि छोरीरूको सम्मान र सहभागिता रहेको देखियो । त्यस समयमा छोरीहरूलाई पनि उचित सम्मान र आदर गर्ने गरेको तथ्यहरू प्रकाशमा आएका छन् ।

Abstract
395
pdf
0

Downloads

Published

2021-03-09

How to Cite

सन्तान प्राप्तिको उपाय र वेदकालीन सांस्कृतिक परिवेश Santan Praptiko Upaya ra bedkalin Sanskritik Pariwesh. (2021). Nepalese Culture, 14, 86-94. https://doi.org/10.3126/nc.v14i0.35427

Issue

Section

Articles

How to Cite

सन्तान प्राप्तिको उपाय र वेदकालीन सांस्कृतिक परिवेश Santan Praptiko Upaya ra bedkalin Sanskritik Pariwesh. (2021). Nepalese Culture, 14, 86-94. https://doi.org/10.3126/nc.v14i0.35427