सौराहाको पर्यटन विकासमा पर्यावरणको भूमिका Saurahakko Paryatan Bikasma Paryabaranko Bhumika

Authors

  • विश्वमणि Bishwomani पोखरेल Pokhrel

DOI:

https://doi.org/10.3126/nc.v14i0.35429

Keywords:

पर्यावरण, पर्यटक, पर्यटन, जैविक विविधता, जलवायु, जनजीविका

Abstract

नेपाल प्राकृतिक रूपमा हराभरा र सांस्कृतिक रूपमा विभिन्न जातजाती, भाषाभाषीको बसोबास रहेको विविधताले भरीएको सुन्दर देश हो । संसारका धेरै देशहरूमा पाईने हावापानी, वनस्पती, जीवजन्तुहरू नेपालको छोटो भौगोलिक दुरीमा पाईन्छ । प्राचिनकाल देखि हालसम्मका कला र संस्कृति पनि नेपाल र
नेपालीलाई विश्वमा चिनाउने माध्यमको रूपमा रहेका छन् । नेपालको प्राकृतिक र सांस्कृतिक विविधता र अतिथि (पाहुना)हरूलाई दिल देखि नै श्रद्धा र सम्मान गर्ने नेपालीको स्वभावको कारण नेपाल पर्यटकहरूको आकर्षक गन्तव्यको रूपमा रहदै आएको छ । नेपालमा घुम्न आउने पर्यटकहरूको रोजाईका मुख्य गन्तव्यहरू काठमाडौं उपत्यकामा रहेका विभिन्न सांस्कृतिक सम्पदाहरू, पोखराका प्राकृतिक तथा सांस्कृतिकनिधिहरू, गौतम बुद्ध जन्मस्थल लुम्बिनी, चितवन राष्ट्रिय निकुञ्ज सौराहा, सगरमाथा र अन्य हिमशिखरका आधार शिविरहरू लगायतका स्थानहरू रहेका छन् । पर्यटनलाई धुवाँ रहित उद्योगको रूपमा लिईन्छ । नेपालको प्राकृतिक, सांस्कृतिक बहुलताले आप्mनो स्वन्दर्यमा ह्रास नआउने गरी पर्यटकहरूलाई आनन्द प्रदान गरी
आकर्षण गरिरहेको हुन्छ । चितवन सौराहा पर्यटकको आकर्षणको केन्द्र रहनुमा त्यहाँको पर्यावरण, नदी, ताल, सिमसार क्षेत्र, हात्ती, गैंडा, बाघ लगायतका वन्यजन्तुहरू, वनस्पतीहरू, चराहरू र अन्य शरीसृप जनावरको मुख्य भूमिका रहेको विभिन्न अध्ययन÷अनुसन्धानहरूले देखाएका छन ।

Downloads

Download data is not yet available.
Abstract
165
pdf
916

Downloads

Published

2021-03-09

How to Cite

पोखरेल Pokhrel व. B. (2021). सौराहाको पर्यटन विकासमा पर्यावरणको भूमिका Saurahakko Paryatan Bikasma Paryabaranko Bhumika. Nepalese Culture, 14, 105–115. https://doi.org/10.3126/nc.v14i0.35429

Issue

Section

Articles