कीर्तिपुर शहरको किल्ला एवं ढोकाहरू: उत्पत्ति, इतिहास र संस्कृति {Fort and Gates Of Kirtipur City: Origin, History and Culture}

Authors

  • महेश कुमार Mahesh Kumar आचार्य Acharya नेपाली इतिहास संस्कृति तथा पुरातत्व केन्द्रीय विभाग, त्रि.वि, Central Department of Nepalese History culture and Archaeology, TU

Keywords:

Fort, Gates, Kirtipur City

Abstract

पर्खालले घेरिएकाे मानव बस्ती किल्ला हाे र यस्ता किल्लाभित्र प्रवेश गर्नका लागि बनाइएका प्रवेशद्वारहरू ढाेका हुन् । तसर्थ कीर्तिपुर मध्यकालीन किल्लाबन्द शहर हाे । नेपालकाे एकीकरणकाे समयमा काठमाडाैं भ्रमण गर्ने एच्.ए. अेाल्डफिल्डले याे शहरका किल्ला र ढाेकाहरूकाे जीर्णताकाे चर्चा गरेका छन् । यी किल्ला र ढाेका सुरूमा सामरिक महत्वका कारणले बनाइएका थिए । तर विस्तारै यी ढाेकासँग कीर्तिपुरवासीका विभिन्न सांस्कृतिक अ।स्था र विश्वासहरू जाेडिंदै गए । मध्यकालीन नेपाल र खासगरी कीर्तिपुरमा विशेष ढाेका संस्कृतिकाे विकास हुन पुग्याे । कीर्तिपुर शहरकाे किल्ला र ढाेकाहरूकाे एैतिहासिकता के हाे? यस किल्लामा कति ढाेकाहरू रहेका थिए? र यी ढाेकासँग के कस्ता सांस्कृतिक अभ्यासहरू हुने गरेका छन् भन्ने प्रश्नहरूलाइ प्रमुख शाेधकाे प्रश्न बनाइ यिनकाे उत्तर खाेज्नका लागि याे शाेधकार्य गरिएकाे थियाे । यसकाे एैतिहासिक गुणात्मक ढाँचाकाे अनुसन्धान याेजना बनाइ अवलाेकन तथा अन्तर्वार्ता जस्ता विधिबाट प्राथमिक तथ्यहरू संकलन गरिएकाे थियाे । कतिपय तथ्य भने कीर्तिपुर शहरकाे एैतिहासिकता, किल्ला वास्तुकला, नेपालकाे बस्ती विकासजस्ता विषय समेटेर प्रकाशित भएका द्वितीयक स्राेत अन्तर्गतका पुस्तक तथा लेखहरूबाट पनि संकलन गरिएकाे थियाे । दुवै प्रकारका श्राेतबाट प्राप्त तथ्यहरूलाइ वर्णनात्मक शैलीमा प्रस्तुत गरेर लेख तयार पारिएकाे छ । यस अध्ययनबाट सन् १२४२ मै कीर्तिपुर एक किल्लाबन्द शहरका रूपमा स्थापित भै सकेकाे देखिएकाे र सन् १३७० देखि याे किल्लामा निरन्तर रूपमा किल्ला नायक (काेट्टनायक) जस्ता प्रशासकहरू नियुक्त भएकाे हुँदा याे निरन्तर किल्लाकै रूपमा विकसित भैरहेकाे थियाे भन्ने तथ्य पाइएकाे छ । अठाराैं शताब्दीमा किल्ला र ढाेकाहरू विकासकाे चरम उत्कर्षमा रहेकाे याे किल्लामा त्यस बेला कम्तिमा ११ ढाेकाहरू रहेकाे तथ्य पनि यसै अध्ययनबाट पुष्टि भएकाे छ । नेपाल एकीकरण पछि यसकाे सामरिक महत्व घटेपछि क्रमशः यी किल्ला र ढाेका जीर्ण बन्दै भाैतिक संरचना हराएकाे देखिन्छ । तर पनि लामाे समय यस्ताे किल्ला र ढाेकाहरूबाट सुरक्षित शहरमा बसाेबास गर्दै जादा विकसित भएकाे ढाेका सम्बद्ध संस्कृति हालसम्म विद्यमान रहेकाे तथ्य र यस्ताे ढाेका संस्कृतिकाे रूपमा हाल खराब अ।त्माकाे पुतला र मृतकले मृत्यू अघि उपयाेग गरेका र मृत्यूपछि अशुद्ध हुन पुगेका वस्तुहरू ढाेका बाहिर मात्र विसर्जन गर्नुपर्ने, मृतककाे लास समल ढाेकाबाट मात्र बाहिर लैजानु पर्ने, इन्द्राणी देवीकाे खट देवढाेकाबाट मात्र भित्राउनु पर्ने, जात्रा र देव नृत्य ताेकिएका ढाेकाहरूबाट मात्र शहरमा भित्राउनु पर्ने, मृत अ।त्मालाइ ढाेका बाहिर मात्र खाना अर्पण गर्नुपर्ने र सफाइकर्मी समुदाय ढाेका बाहिरमात्र बसाेबास गर्नुपर्ने सांस्कृतिक अभ्यासहरू यहाँ विकसित हुन पुगेकाे जस्ता तथ्यहरू यस अध्ययनबाट प्रकाशमा अ।एका छन् ।

Abstract
319
PDF
0

Author Biography

महेश कुमार Mahesh Kumar आचार्य Acharya, नेपाली इतिहास संस्कृति तथा पुरातत्व केन्द्रीय विभाग, त्रि.वि, Central Department of Nepalese History culture and Archaeology, TU

सह–प्राध्यापक
Associate Professor

Downloads

Published

2022-10-10

How to Cite

कीर्तिपुर शहरको किल्ला एवं ढोकाहरू: उत्पत्ति, इतिहास र संस्कृति {Fort and Gates Of Kirtipur City: Origin, History and Culture}. (2022). Nepalese Culture, 15(1), 67-86. https://doi.org/10.3126/nc.v15i1.48543

Issue

Section

Articles

How to Cite

कीर्तिपुर शहरको किल्ला एवं ढोकाहरू: उत्पत्ति, इतिहास र संस्कृति {Fort and Gates Of Kirtipur City: Origin, History and Culture}. (2022). Nepalese Culture, 15(1), 67-86. https://doi.org/10.3126/nc.v15i1.48543