प्राचीन आर्य समाज एवं संस्कृतिमा पुरुषत्व {Masculinity in Ancient Aryan Society and Culture}

Authors

  • शुक्रराज Sukraraj अधिकारी Adhikari सोसल वर्क, केन्द्रीय विभाग, त्रि.वि.

Keywords:

युद्ध, संस्कृति, आर्य, यज्ञ, पुरुषत्व

Abstract

आर्यहरू प्राचीन मानव सभ्यताका निर्माताहरू मध्ये एक हुन् । प्राचीन आर्यहरूले विकास गरेको सामाजिक तथा सांस्कृतिक मानकहरूको सम्बन्ध तथा प्रभाव समकालीन समाज ब्यवस्थासम्म पनि जोडिएको देखिन्छ । यसै सन्दर्भमा यो आलेखको मुख्य उद्देश्य आर्य सामाजिक तथा साँस्कृतिक परिवेशमा पुरुषको अवस्था, भूमिका तथा संलग्नता कस्तो थियो ? भन्ने बारेमा खोजी गर्ने रहेको छ । प्राचीन आर्य समाज तथा संस्कृति प्राचीन मानव सभ्यता अन्तर्गतको एक सामाजिक समाज ब्यवस्था हो । त्यो समाज तथा संस्कृतिलाई अहिले भौतिक रूपमा छुन, देख्न, भेट्न सम्भव छैन त्यसैले उल्लिखित उद्देश्य प्राप्तीको लागि प्राचीन आर्यहरूद्वारा सृजित संसारकै सर्वप्राचीन मानिएको ग्रन्थ वेद तथा वेदका ऋचामा रहेको भाव, प्रचीन ऐतिहासिक व्याख्या एवं सन्दर्भहरूको अन्तरवस्तुलाई द्वितीयक सूचनाका रूपमा सङ्कलन गरिएको छ । यसरी द्वितीयक स्रोतबाट प्राप्त तथ्यहरूलाई उद्देश्य अनुरूपको भावमा वर्गीकृत गरेर अन्तरवस्तु विश्लेषण विधिका माध्यमबाट गुणात्मक स्वरूपको ढाँचामा विश्लेषण गरिएको छ । प्राचीन आर्य समाजिक तथा सांस्कृतिक संरचना पशुपालन स्वरूपको उत्पादनमा आधारित थियो, जसले गर्दा परिवार एवम् राज्यको स्वरूपमा पुरुष वंश र नेतृत्व स्थापित हुँदै गएको थियो । त्यही वंश र नेतृत्वले साधन स्रोतको बिस्तार गरको देखिन्छ । यसरी साधन स्रोतको बिस्तार कार्यमा पुरुषको संलग्नता उच्च रूपमा देखिन्छ । यस प्रक्रियामा पुरुष सैन्य शक्तिको स्रोतको रूपमा रहनुको साथै यज्ञ, संस्कार, युद्ध एवम् राजनीतिक कार्यमा समेत पुरुषको नै सहभागिता र नेतृत्व, स्थापित हुन पुगेको देखिएको छ ।

Abstract
247
PDF
0

Author Biography

शुक्रराज Sukraraj अधिकारी Adhikari, सोसल वर्क, केन्द्रीय विभाग, त्रि.वि.

सहप्राध्यापक

Downloads

Published

2022-10-10

How to Cite

प्राचीन आर्य समाज एवं संस्कृतिमा पुरुषत्व {Masculinity in Ancient Aryan Society and Culture}. (2022). Nepalese Culture, 15(1), 115-124. https://doi.org/10.3126/nc.v15i1.48549

Issue

Section

Articles

How to Cite

प्राचीन आर्य समाज एवं संस्कृतिमा पुरुषत्व {Masculinity in Ancient Aryan Society and Culture}. (2022). Nepalese Culture, 15(1), 115-124. https://doi.org/10.3126/nc.v15i1.48549