टोखा क्षेत्रमा मानव बसोवासको इतिहास {History of human settlement at Tokha area}

Authors

  • श्याममदन Shyammadan के.सी KC Central Dept. of Nepalese History Culture & Archaeology

DOI:

https://doi.org/10.3126/nc.v15i1.48582

Keywords:

वंशावली, टोखा, मूर्त, अमूर्त, सम्पदा, अभिलेख, मूर्ति

Abstract

टाेखा बजार काठमाडौँको उत्तरतिर शिवपुरी आरक्षण क्षेत्रको डाँडामा पर्दछ । टोखा बजार पुरानो नेवार वस्ती हो । यहाँ परापूर्व कालदेखि नै मानवकाे बसाेबास भएकाे देखिन्छ । मध्यकालमा राजा रत्नमल्लले टाेखालाइ ३ सय घरहरूको सहर बसाएकाे चर्चा देवमाला वंशावलीमा गरिएकाे छ । तर  टाेखाका विभिन्न स्थानमा लिच्छविकालीन अभिलेखहरू पाइएका छन् । यसबाट टाेखामा प्राचीनकालमा नै वस्ती बसिसकेको बुझ्न सकिन्छ । यहाँ किरात कालमा नै बस्ति बसेकाे पनि हुन सक्तछ । तर यसकाे राम्राेसँग अध्ययन अनुसन्धान भएको छैन । तसर्थ यस लेखमा यस क्षेत्रमा लिच्छविकालमा बसोबास थियो वा थिएन ? यो क्षेत्र कति पुरानो हो ? भन्ने उत्तर खोज्ने प्रयास गरिएकाे छ । यो अन्वेषणात्मक प्रकृतिको गुणात्मक र मूलतः ऐतिहासिक अध्ययन भएको हुँदा त्यसका लागि ऐतिहासिक तथा पुरातात्विक स्रोतबाट तथ्याङ्क सङ्कलन गरिएका छन् । विशेषगरी मानव वस्तीको खोजी गर्न त्यस क्षेत्र र वरिपरि रहेका अभिलेखहरूकाे पनि सहयाेग लिइएकाे छ । यसका अतिरिक्त पूर्वप्रकाशित पुस्तक, लेख–रचनालगायत द्वितीयक स्रोतहरूको आधारमा आवश्यक तथ्यांक सङ्कलन गरिएका छन् । त्यसरी प्राप्त तथ्यांकलाई व्याख्या विश्लेषण गरी टाेखा क्षेत्रमा प्राचीन कालमा नै वस्ती बसेकाे पत्ता लगाइएकाे छ ।

Downloads

Download data is not yet available.
Abstract
52
PDF
61

Author Biography

श्याममदन Shyammadan के.सी KC, Central Dept. of Nepalese History Culture & Archaeology

नेपाली इतिहास, संस्कृति तथा पुरातŒव केन्द्रीय विभाग, त्रि.वि.

Central Dept. of Nepalese History Culture & Archaeology

एमफिल÷पीएच.डी.शोधार्थी

 

Downloads

Published

2022-10-10

How to Cite

के.सी KC श. S. (2022). टोखा क्षेत्रमा मानव बसोवासको इतिहास {History of human settlement at Tokha area}. Nepalese Culture, 15(1), 141–156. https://doi.org/10.3126/nc.v15i1.48582

Issue

Section

Articles