इन्द्रचोकको साँस्कृतिक सम्पदाको अध्ययन {The Study of the Cultural Heritages of Indrachok}

Authors

  • Shreelochan Rajopadhyaya MPhil/Phd Scholar, Department of Culture, TU

DOI:

https://doi.org/10.3126/nc.v16i1.54159

Keywords:

Indrachowk, Cultural Heritages, Akash Bhairav, Katiswor Mahadeva

Abstract

लिच्छविकालमै विकास भइसकेको ग्राम क्षेत्रअन्तर्गत इन्द्रचोक पनि एक हो । इन्द्रचोकबाट ६ वटा विभिन्न टोल जाने बाटो छन् । यसै ६ टोलहरुको केन्द्रविन्दुका रुपमा इन्द्रचोकलाई मानिएको छ । इन्दचोकमै आकाश भैरव मन्दिर छ । आकाश भैरवलाई किराँती पहिलो राजा यलम्बरसँग जोडिएर हेरिन्छ । त्रेता युगमा महाभारत युद्धको समयमा यलम्बर युद्ध हेर्न गएका थिए । यलम्बरले युद्धमा पराजित हुने समूहको पक्षमा आफू लड्ने निर्णय लिए । श्रीकृष्णले महादेवको अंशरुपी यलम्बर कौरवको पक्षबाट युद्ध लड्दा पाण्डव पराजित हुने भयले यलम्बरको शिर छेडने गरे । यलम्बरको त्यहीँ शिर आकाश मार्ग हुँदै इन्द्रचोकमा पुग्यो । विहान भएकाले शिर भैरवको रुपमा परिणत भएको देखिन्छ । हिन्दु र बौद्धमार्गीहरुले आकाश भैरवलाई फरक–फरक रुपमा पूजा गर्दै आइरहेका छन् । हिन्दुहरुले भैरव र बौद्ध धर्म मान्नेहरुले अक्षोभ्य बुद्धका रुपमा आकाश भैरवलाई पूजा गर्छन् । इन्द्रचोकको मध्यभागमै कान्तिश्वर महादेव छ । यहीँ कान्तिश्वर महादेवबाट कान्तिपुर सहरको नामाकरण भएको देखिन्छ । इन्द्रचोकको सम्वन्धमा पूर्ण कलशका घडासँग जोडिएर अनुसन्धान गर्न सकिन्छ । इन्द्रचोकलाई नेपाल भाषामा वंघः भनिन्छ । यसै घडाबाट नै इन्द्रचोकको नाम रहन गएको हो । संस्कृतिको अध्ययन अनुसन्धान विधिको आधारमा संस्कृतिको अध्ययन गुणात्मक विधि अन्तर्गत पर्दछ । यस अनुसन्धान आलेखमा गुणात्मक अनुसन्धान विधि अवलम्बन गरिएको छ । यो अनुसन्धानमा नमूना छनोट गर्दा उद्देश्यमुलक नमूना छनोट गरिएको छ । जसमा अन्तर्वार्ता र सहभागी अवलोकन गरिएको छ ।

{There are 6 different roads from Indrachok. Indrachok is considered as the main point of these 6 tolls. There is Akash Bhairav temple at Indchok. Akash Bhairava is seen in connection with Yalambar, the first king of Kiranti. Yalambar went to fight the battle during the Mahabharata war in Treta Yuga. Yalambar decided to fight for the side of the defeated group in the war. When Lord Krishna came to know this, before Yalambar joined the Kauravas, he cut off the head of Yalambar, fearing that the Pandavas would be defeated. The belief persists that the same head of Yalambar reached Indrachok through the sky. In the morning, the head transformed into the form of Bhairav. Hindus and Buddhists have been worshiping Akash Bhairav ​​in different ways. Hindus worship Bhairava and Buddhists worship Akash Bhairava as Akshobhaya Buddha. There is Kantishwar Mahadev at the center of Indrachok. It seems that the city of Kantipur was named after this Kantishwar Mahadev. Purna Kalash is connected with Ghada in relation to Indrachok.  Indrachok is called Wangha in Nepal Bhasa language. It is from this time that the name of Indrachok came to be. The study of cultural heritages is based on the qualitative research method. A purposive sample has been selected in this research and interviews and participant observation has been done in order to collect data}.

Downloads

Download data is not yet available.
Abstract
26
pdf
15

Downloads

Published

2023-05-11

How to Cite

Rajopadhyaya, S. (2023). इन्द्रचोकको साँस्कृतिक सम्पदाको अध्ययन {The Study of the Cultural Heritages of Indrachok} . Nepalese Culture, 16(1), 128–140. https://doi.org/10.3126/nc.v16i1.54159

Issue

Section

Articles