नवपाषाण उपकरण ‘बैथर’ पूर्वी पहाडका किरातहरुको संस्कृति र प्राग्इतिहास

Authors

  • भोगीराज चाम्लिङ शोधार्थीः विद्यावारिधि, संस्कृति विभाग, त्रि.वि.

Keywords:

बैथर, वज्रढुंगा, नवपाषाण उपकरण, मुन्दुम, हलेसी

Abstract

हलेसी र समग्र पूर्वी पहाडमा नवपाषाण उपकरण बैथर थुप्रै संख्यामा फेला पार्न सकिन्छ तर लोप हुने क्रम पनि तीव्र छ । यो लेखमा पूर्वी पहाडका किरात राईहरुले वज्रढुंगाका रुपमा घरघरमा सुरक्षित राखिने नवपाषाण उपकरण ‘बैथर’ र त्यसको किरात राई समाजमा विद्यमान सांस्कृतिक स्थानका आधारमा प्राग्इतिहासबारे विमर्श गरिएको छ । तसर्थ, यो लेख प्राग्इतिहास अध्ययनमा नवीन प्राज्ञिक अन्वेषण गर्ने अग्रसरता हो । पुरातात्विक शिल्पकृतिसम्बन्धी व्याख्यामा सामाजिक आधार प्रदान गर्न तथा प्राग्ऐतिहासिक युगसम्बन्धी अध्ययन गर्न परम्परागत संस्कृति तथा मौखिक ज्ञानहरुको जो उपयोग गर्ने गरिएको छ, त्यससँगै नेपाली इतिहास अध्येताहरुको जनजातीय संस्कृतिले प्राग्इतिहास अध्ययनमा महत्वपूर्ण भूमिका खेल्न सक्ने मतलाई आधार बनाएर बैथरबारे विश्लेषण गरिएको छ । धामीको मुन्दुमी शक्तिसहितको हतियारका रुपमा लिइने, आदिम समयदेखि पुर्खाहरुले प्रयोग गरिल्याएको भनेर व्याख्या गरिने तथा सांस्कृतिक अभ्यासमा पनि प्रयोग गरिने हुनाले यी बैथरहरु किरात राई समुदायको प्राग्ऐतिहासिकताबारे अध्ययन गर्ने महत्वपूर्ण प्रमाण हुन सक्छन् । उत्खनन गरेर जमिनमुनि कुनै खास तहमा फेला नपरेसम्म बनोट र आकारप्रकारका आधारमा तुलना गर्नुपर्ने भएकोले आसामबाट प्राप्त नवपाषाण उपकरणको समयलाई आधार बनाएर पूर्वी पहाडका बैथरहरुलाई बढीमा ४००० वर्ष पहिलेको मानिएको छ । बैथर निर्माण तथा प्रयोग गर्नेहरुमा किराती र नवपाषाण युगको अन्तिमतिर आसामबाट काठमाडौंसम्म आइपुगेर गोरुले नजोती धान खेती सुरुवात गर्ने मुन्डाका पुर्खामध्ये एक अथवा दुवै हुन सक्छन् ।

Abstract
380
pdf
0

Downloads

Published

2024-05-07

How to Cite

नवपाषाण उपकरण ‘बैथर’ पूर्वी पहाडका किरातहरुको संस्कृति र प्राग्इतिहास . (2024). Nepalese Culture, 17(1), 125-141. https://doi.org/10.3126/nc.v17i1.64414

Issue

Section

Articles

How to Cite

नवपाषाण उपकरण ‘बैथर’ पूर्वी पहाडका किरातहरुको संस्कृति र प्राग्इतिहास . (2024). Nepalese Culture, 17(1), 125-141. https://doi.org/10.3126/nc.v17i1.64414