छोनाम (न्वाँगी) पर्वः चेपाङ समुदायको सांस्कृतिक प्रतीक

Authors

  • Ajaya Kumar Praja Chepang Scholar of MPhil/PhD, CDNeHCA, Tribhuvan University

Keywords:

छोनाम, पान्दे, प्रकृति, पुर्खा, प्रतीक

Abstract

छोनाम (न्वाँगी) चेपाङ समुदायले मनाउने मुख्य पर्व हो । यसलाई स्थानीयले न्वाँगी फलाक्ने भनेर सम्बोधन गर्दछन् । चेपाङ समुदायको सांस्कृतिक पर्वहरूमा पान्दे (चेपाङ झाँक्री/पुजारी) को मुख्य भूमिका हुने गर्दछ । नेपालमा बसोबास गर्ने चेपाङ समुदायले प्रत्येक वर्ष भाद्र महिनामा मूल पान्देद्वारा छोनाम (न्वाँगी) पर्व फलाक्ने गर्दछन् । चेपाङ जाति समुदायको बारेमा अग्रज विद्वान्ले अनुसन्धान गरेको भेटिन्छ । यो समुदायको बारेमा प्राप्त पूर्व साहित्यको समीक्षाले नेपालमा बसोबास गर्ने अरू जाति समुदायले चाडको रूपमा मनाउने नयाँ अन्नबाली भिœयाइसकेपछि प्रकृति, कूलपितृ, देवीदेवता तथा ब्राम्हणलाई पहिले चढाएर आफू खाने परम्परालाई न्वाँगी वा नयाँ खाने भने जस्तै चेपाङ समुदायको प्रमुख पाखे अन्नबाली भित्रयाइसकेपछि एकपाखे ढ्याङ्ग्रो पान्देद्वारा फलाक्दै नयाँ खाद्यबालीलाई पहिले प्रकृति, पूर्खा र देवीदेवतालाई चढाएर आफू खाने परम्परालाई चेपाङहरूले छोनाम (न्वाँगी) फलाक्ने भन्दछन् भन्ने सन्दर्भहरू समावेश गरिएको भेटिन्छ । यो पर्व चेपाङ समुदायको ऐतिहासिक, सामाजिक, धार्मिक, सांस्कृतिक तथा परम्परागत मुल्यमान्यताका आधारमा संस्कृति हस्तान्तरण, पुस्तान्तरण र प्रदर्शन गर्ने अवसर भएको, सांस्कृतिक प्रतीक जसको विविध पक्ष, अर्थ तथा सैद्धान्तिक आधारको सम्बन्धमा भने अनुसन्धान गरिएको पाइँदैन । यसकारण चेपाङ समुदायको मुख्य पर्व छोनाम (न्वाँगी) को सन्दर्भमा देखिएका अनुसन्धानका रिक्ततालाई खोजी गर्ने उद्देश्य राखी यो अनुसन्धान कार्य प्रारम्भ गरिएको हो । छोनाम (न्वाँगी) पर्वको अनुसन्धानलाई समुदायको निर्माणवादी रचनावादी दृष्टिकोणमा आधारित प्रतीकात्मक सिद्वान्त अनुरूप गुणात्मक अनुसन्धान विधि अवलम्बन गरी सोही विधि अनुसारको प्राथमिक र द्वितीय स्रोतहरूको उपयोगमा तथ्यहरूलाई अन्वेषण, अवलोकन, छलफल तथा विश्लेषण गरी निष्कर्षमा पुग्ने प्रयास गरिएको छ । यस शोधबाट चेपाङ समुदायको छोनाम (न्वाँगी) पर्व एक बार्षिक रूपमा नयाँ अन्नलाई पहिले पितृलाई चढाएर मात्र आफू खाने चाडमात्र नभएर चेपाङ समुदायको प्रतीकको रूपमा प्रकृति, पूर्खा र जीवनशैलीलाई जोड्ने मुख्य सांस्कृतिक पर्व भएको तथ्यलाई प्रकाशमा ल्याएको छ ।

Abstract
255
PDF
0

Author Biography

Ajaya Kumar Praja Chepang, Scholar of MPhil/PhD, CDNeHCA, Tribhuvan University

He works in the department of research section in National Foundation for Development of Indigenous Nationalities (NFDIN).

Downloads

Published

2025-05-07

How to Cite

छोनाम (न्वाँगी) पर्वः चेपाङ समुदायको सांस्कृतिक प्रतीक. (2025). Nepalese Culture, 18(1), 55-76. https://doi.org/10.3126/nc.v18i1.78288

Issue

Section

Articles

How to Cite

छोनाम (न्वाँगी) पर्वः चेपाङ समुदायको सांस्कृतिक प्रतीक. (2025). Nepalese Culture, 18(1), 55-76. https://doi.org/10.3126/nc.v18i1.78288