लुम्बिनी क्षेत्रसँग सम्बन्धित पुरातात्विक तथा ऐतिहासिक तथ्यहरूको विवेचना

Authors

  • Amit Wosti

DOI:

https://doi.org/10.3126/nc.v19i01.95021

Keywords:

अशोक शिलास्तम्भ , जन्मस्मारक शिला , बहस , लुम्बिनी , सम्राट अशोक

Abstract

लुम्बिनी क्षेत्र नेपालको रूपन्देही जिल्लामा अवस्थित विश्वसम्पदा सूचीमा सूचीकृत एक महत्वपूर्ण पुरातात्विक, ऐतिहासिक, सांस्कृतिक तथा धार्मिक स्थल हो । यो क्षेत्र शाक्यमुनि बुद्धको जन्मस्थलको रूपमा अन्तर्राष्ट्रिय रूपमा प्रसिद्ध तथा मान्यता प्राप्त छ । यस लेखको मुख्य उद्देश्य लुम्बिनी क्षेत्रसँग सम्बन्धित उत्खनन्, अभिलेख तथा यात्रा वर्णनहरूलाई विश्लेषण गरेर यस क्षेत्रसँग जोडिएका विद्यमान बहसहरूलाई पहिचान गरी तिनको विश्लेषण गर्दै लुम्बिनी क्षेत्रको प्राचीनता र यस स्थलको महत्वलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा  मजबुत रूपमा उजागर गर्नु हो । सन् १८९६ मा लुम्बिनीबाट प्राप्त मौर्यसम्राट अशोकको स्तम्भ अभिलेखले लुम्बिनीलाई शाक्यमुनि बुद्ध जन्मस्थलको रूपमा प्रमाणित गरेको छ । यो लेखले लुम्बिनीको पहिचानसँग जोडिएका विभिन्न ऐतिहासिक तथा पुरातात्विक बहसहरूमा अध्ययन केन्द्रित गरेको छ । यस लेखमा लुम्बिनीको आधिकारिकताको विषयदेखि लुम्बिनीको अशोक शिलास्तम्भ पत्ता लगाउने व्यक्ति, प्रारम्भिक चरणमा यस क्षेत्रमा गरिएका उत्खनन् तथा जीर्णाेद्धार, यस क्षेत्रका अशोक शिलास्तम्भको प्रमाणिकता, शिलास्तम्भको लेख र जन्मस्मारक शिलाको व्याख्या तथा सम्राट अशोकको नेपाल भ्रमण लगायतका विषयहरूमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्राज्ञिक जगत्मा हुनेगरेका बहसहरूको पहिचान तथा तिनको विश्लेषण गर्ने प्रयास गरिएको छ । यो गुणात्मक अनुसन्धान विधि र साहित्यिक समीक्षामा आधारित लेख हो । लेखको विश्लेषणको क्रममा विविध प्राचीन स्रोतहरू, विभन्न विद्वान्हरूका कृति तथा अभिलेखहरूको समेत उपयोग गरिएका छन् । यसबाहेक, विभिन्न इतिहासकार तथा लेखकहरूका लेखरचनाहरू लगायत प्राचीन ग्रन्थ, यात्रा वर्णन तथा यूनेस्कोका प्रतिवेदनहरूलाई पनि तथ्यहरूको स्रोतको रूपमा उपयोग गरी वस्तुनिष्ठ ढङ्गले तथ्यहरूको विश्लेषण गरी अध्ययनको निष्कर्ष प्रस्तुत गरिएको छ । लुम्बिनी क्षेत्रको ऐतिहासिक तथा पुरातात्विक यथार्थलाई थप प्रस्ट पार्नका निम्ति यस क्षेत्रको  धेरै वैज्ञानिक अध्ययन तथा अनुसन्धान आवश्यक छ ।

Downloads

Download data is not yet available.
Abstract
1
PDF
0

Downloads

Published

2026-06-03

How to Cite

Wosti, A. (2026). लुम्बिनी क्षेत्रसँग सम्बन्धित पुरातात्विक तथा ऐतिहासिक तथ्यहरूको विवेचना. Nepalese Culture, 19(01), 97–112. https://doi.org/10.3126/nc.v19i01.95021

Issue

Section

Articles