किसिपिडीको कालिका भैरव जात्राको सांस्कृतिक अध्ययन
DOI:
https://doi.org/10.3126/nc.v19i01.95023Keywords:
कालिका भैरव जात्रा, अनुष्ठान, गुठियार, समुदाय, पूजा, प्रथा, प्रथाजनित कानुनAbstract
काठमाडौं उपत्यकाको चन्द्रागिरि नगरपालिका वडा नं. ५ मा अवस्थित किसिपिडी गाउँमा कालिका, भैरव र गणेशको जात्रा स्थानीय गुठीको विधिअनुसार मनाउने चलन छ । कालिका र गणेशलाई खटमा तथा भैरवलाई तामाको घ्याम्पो (द्यः क्वँ) मा राखेर जात्रा सञ्चालन गर्दछन् । स्थानीयहरू अनुष्ठानलाई कालिका भैरव जात्रा भन्दछन् । यसलाई किसिपिडीको जात्रा पनि भनिन्छ । यो जात्रा चैत्र कृष्णपक्ष द्वादशीमा शुरूभई शुक्लपक्षको तृतीयासम्म एक हप्तासम्म चल्दछ । यो जात्रासँग पुजारी (श्रेष्ठ), गुभाजू, द्वारे, द्वारेमाहा, गुठीपाला, गुठियारहरू, थकाली, काँ खलः, नाय् (खड्गी), कुस्ले लगायतका समुदाय र जात्रा सञ्चालनमा उनीहरूको भूमिका, जात्राका विधिविधान, कथा तथा मिथक, जात्रा सञ्चालनमा आवश्यक सामग्री र त्यसको निर्माण सिल्प प्रविधि, प्रथा तथा प्रथाजनित कानुन जस्ता विभिन्न अभौतिक सांस्कृतिक पक्षहरू जोडिएका छन् । कालिका भैरव जात्रासँग सम्बन्धित उक्त पक्ष अध्ययन अनुसन्धानका महत्वपूर्ण विषय हुन् । तर, ती पक्षका बारेमा पर्याप्त प्राज्ञिक अध्ययन भएको देखिदैन । यो अनुसन्धानको अभाव र रिक्तता हो । यो रिक्तताको परिपूर्तिका निमित्त किसिपिडीको कालिका भैरव जात्राको ऐतिहासिकता खोजी गर्ने, जात्रा सञ्चालनमा संलग्न गुठियारहरूले निर्वाह गर्ने भूमिका पहिचान गर्ने र जात्राका क्रममा प्रत्येक दिन सम्पादन गरिने धार्मिक तथा सांस्कृतिक अनुष्ठान अन्वेषण गर्ने मूल उद्देश्यका साथ प्रस्तुत अनुसन्धानात्मक लेख तयार पारिएको छ । यस अध्ययनमा प्राथमिक तथा द्वितीयक तथ्याङ्क प्रयोग गरिएका छन् । प्राथमिक तथ्याङ्क सङ्कलनका निमित्त स्थलगत अवलोकन र अन्तर्वार्ता विधि प्रयोग भएको छ । द्वितीयक तथ्याङ्क भने पूर्वकार्य समीक्षाबाट सङ्कलन गरिएका हुन् । यो गुणात्मक ढाँचामा आधारित अध्ययन हो ।
Downloads
Downloads
Published
How to Cite
Issue
Section
License
© Central Department of Nepalese History, Culture and Archaeology, Tribhuvan University