काठमाडौँ स्वयम्भू स्थित हारती माता मन्दिरसँग सम्बन्धित अमूर्त सांस्कृतिक सम्पदा

Authors

  • Swety Manandhar

Keywords:

हारती , अजिमा, छाहाय्के, पूजा, बुसाधँ, यक्षिणी, स्वयम्भू

Abstract

बौद्ध तथा हिन्दू धर्मावलम्बीहरूको लागि स्वयम्भू एउटा महत्त्वपूर्ण धार्मिक स्थल हो । स्वयम्भू परिसरमा प्राचीन कालदेखिका थुप्रै मठ मन्दिर, स्मारक, अभिलेख आदि रहेका छन् । त्यस्ता स्मारकमध्ये हारती माताको मन्दिर ऐतिहासिक, धार्मिक तथा सांस्कृतिक दृष्टिले महत्त्वपूर्ण स्थल हो ।  एउटै मन्दिरलाई हिन्दू तथा बौद्ध धर्मावलम्बीहरूले पूजा गर्नु, विश्वास गर्नाले पनि धार्मिक सहिष्णुताको अन्योन्याश्रित सम्बन्धलाई देखाएको छ । हारती र शीतला दुवैलाई उपत्यकाका हिन्दू र बौद्ध धर्मावलम्बीहरुले एउटै देवीको रूपमा पूज्ने गरेका छन् । यस मन्दिरमा हुने पूजा, अनुष्ठानले धार्मिक सहिष्णुतालाई बलियो बनाएको छ । यस किसिमका अमूर्त संस्कृतिले नेपाली समाजलाई सामाजिक तथा सांस्कृतिक रूपमा बाँधेको छ । हारती माता मन्दिरमा हुने नित्यपूजा, चा पूजा, कलः पूजा, कैद्यःपूजा, त्वाय् चिंकेगु, छाहाय्के पूजा, मचा पूजा, भुजा चढाउने गुठी, झ्या गुठी, दँ पाः गुठी, म्ह्याय्मचा बुसाधँ, अजिमा बुसाधँ जस्ता धार्मिक तथा सांस्कृतिक अनुष्ठानको बारेमा विस्तृत रूपमा उल्लेख नभएको हुनाले यस लेखमा समस्याको रूपमा प्रस्तुत गरिएको हो । हारती माता मन्दिरमा रहेका अमूर्त संस्कृतिलाई उजागार गर्ने उद्देश्यले यो अनुसन्धानात्मक लेख तयार पारिएको हो । यो लेख प्राथमिक र द्वितीयक स्रोतमा आधारित रही वर्णनात्मक तथा विश्लेषणात्मक ढाँचामा तयार पारिएको छ । प्रस्तुत लेखमा प्राथमिक स्रोत सङ्कलनको लागि सम्बन्धित स्थानको स्थलगत अवलोकन र अन्तर्वार्ताको उपयोग गरिएको छ । तथ्याङ्क सङ्कलन गर्दा स्वविवेक, उद्देश्यपूर्ण र सुविधाजनक विधि प्रयोगमा ल्याइएका छन् । पुस्तक, लेख, रचना, वंशावली, जर्नल, विभिन्न पत्रपत्रिका, वेवसाइट, पुरातात्त्विक प्रकाशित अभिलेख, शोधपत्र, प्रकाशित÷अप्रकाशित लेखरचना आदिलाई द्वितीयक स्रोतको रूपमा समावेश गरिएको छ ।बौद्ध धर्मअन्तर्गत हारती माता लोकप्रिय देवी हुन् । उनलाई बुद्धको समकालीन मानिन्छ । उनी बौद्ध धर्ममा बालबच्चाको रक्षा गर्ने देवी हुन् । यस मन्दिरमा हिन्दू तथा बौद्ध धर्मावलम्बीहरुबीच धार्मिक सहिष्णुता, सामाजिक मेलमिलाप रहेको पाइन्छ ।

Abstract
161
PDF
17

Downloads

Published

2026-06-03

How to Cite

Manandhar, S. (2026). काठमाडौँ स्वयम्भू स्थित हारती माता मन्दिरसँग सम्बन्धित अमूर्त सांस्कृतिक सम्पदा . Nepalese Culture, 19(01), 173-190. https://doi.org/10.3126/nc.v19i01.95024

Issue

Section

Articles

How to Cite

Manandhar, S. (2026). काठमाडौँ स्वयम्भू स्थित हारती माता मन्दिरसँग सम्बन्धित अमूर्त सांस्कृतिक सम्पदा . Nepalese Culture, 19(01), 173-190. https://doi.org/10.3126/nc.v19i01.95024