जलवृष्टिको कामनार्थ भक्तपुरमा गरिने बासी पूजा परम्परा

Authors

  • Sangita Pancha

DOI:

https://doi.org/10.3126/nc.v19i01.95025

Keywords:

बासी, जलवृष्टि, परम्परा, आस्था–विश्वास

Abstract

प्रस्तुत लेख बासी पूजासँग सम्बन्धित छ । बासी पूजा जलवृष्टि गराउने वा पानीमाग्ने परम्परा हो । यस लेखमा पर्यावरण सिद्धान्तमा आधारित भएर भक्तपुरका नगरबासीहरूले गरिने बासीपूजाको विश्लेषण गरिएको छ । प्राणीको जीवन पानीको उपभोग बिना सम्भव हुदैंन । वर्षा भएन भने सुक्खा र खडेरी पर्दछ । त्यसले विविध किसिमका रोगब्याधिको सामना गर्नुपर्ने हुन्छ । बिशेषतः मनसुनको समय धान रोपाई गर्न अधिकाशं किसानहरू आकाशको पानीमा निर्भर हुने गर्दछन् । समयमा वर्षा नहुँदा किसानहरूमा वर्षाका देवता ईन्द्र, नाग वा बासी तथा गाउँको कालिका देवीको पूजाउपासना गर्ने परम्परा छ । यस किसिमको पूजा परम्परा नेपालका अधिकांश स्थानमा प्रचलनमा छन् । यस्तै पूजा भक्तपुर नगर बासीहरूले जलवृष्टिका लागि सम्पन्न गर्ने बासी हो । विधिपूर्वक गरिने बासी पूजामा मानिसहरू समूहगत रूपमा क्रमबद्ध भएर बाजासहित गीत गाउँदै, आपसमा पानी, हिलो छ्यापाछ्याप गर्दै नजिकको बासी वा गरुडको पूजा गर्ने गर्दछन् । त्यस अवसरमा गणेश, महादेव, भैरबको समेत पूजाउपासना हुन्छ । पूजापछि जलवृष्टि हुने जनविश्वास रहेको छ । पर्यावरण सिद्धान्तअनुसार प्रकृति र मानिसबिचको अन्योन्याश्रित सम्बन्ध हुन्छ भन्ने तथ्यलाई यस परम्पराले स्पष्ट गर्दछ । वर्तमान समयमा भौतिक पूर्वाधार र नयाँनयाँ बस्तीहरूको विकासले बासीको अस्तित्व नै मेटिने अवस्थामा पुगेको देखिन्छ । अतः भक्तपुरका नगरबासीले बासीपूजाका माध्यमबाट जलवृष्टि गर्ने परम्पराको सांस्कृतिक पक्ष, बासीको पूजाविधि, बासीपूजा र जलवृष्टि बीचको सम्बन्ध प्रकाश गर्ने हेतु यो लेख तयार गरिएको छ । साथै प्राज्ञिक क्षेत्रमा यस किसिमको मूर्त अमूर्त परम्पराको दस्तावेज तयार गर्दै तिनको महत्व उजागर गर्नु आजको आवश्यकता हो । लेखमा गुणात्मक शोधविधि प्रयोग गरिएको छ । प्राथमिक र द्वितीयक दुवै प्रकृतिका तथ्याङ्क प्रयोग गरिएका छन् । यस लेखले विधिवत् रूपमा बासीको पूजा गर्नाले पानी पर्ने तथ्य उजागर गरेको छ । अतःबासी पूजा जलबृष्टिको कामनार्थ गरिने सामूहिक धार्मिक अनुष्ठान हो ।

Downloads

Download data is not yet available.
Abstract
1
PDF
0

Downloads

Published

2026-06-03

How to Cite

Pancha, S. (2026). जलवृष्टिको कामनार्थ भक्तपुरमा गरिने बासी पूजा परम्परा. Nepalese Culture, 19(01), 157–172. https://doi.org/10.3126/nc.v19i01.95025

Issue

Section

Articles