@article{राई Rai_2019, title={बान्तावा राई संस्कारमा सुप्तुलुुङको महत्व Bantawa Rai sanskarma Suptulungko Mahatwa}, volume={13}, url={https://www.nepjol.info/index.php/nc/article/view/27502}, DOI={10.3126/nc.v13i0.27502}, abstractNote={<p>सुुप्तुुलुुङ (सामान्य बोलीचालीको नेपाली भाषामाचुलो) को महत्व बान्तावा राई संस्कारमा खाना पकाउने प्रविधिको रूपमा भन्दा पनि बढी आस्थागत स्थानको रूपमा रहेको पाइन्छ । उनीहरू आफ्ना पितृहरूलाई आस्थाको भगवान मान्ने गर्दछन् । बान्तवा राईहरूको विश्वासमा पितृहरू सुुप्तुुलुुङमा निवास गर्दछन् । यिनै पितृहरूले नै हरेक शुुभकार्यमा शुभआशिर्वाद प्रदान गर्दछन् भने प्रगतितर्फ उन्मुख हुन प्रेरणाको लागि साथ दिन्छन् । अन्नबाली लगाउँदा होस् वा उठाउँदा होस्, शिशुु जन्मदा होस् वा पास्नी गर्दा होस्, छेवर, गुन्यूँचोली संस्कार गर्दा होस् वा विवाह गर्दा होस् । त्यसरी नै मृत्युु संस्कार गर्दा होस् वा अन्य सांस्कृतिक कार्यहरू सम्पन्न गर्दा होस् । कुनै पनि कार्यहरू प्रारम्भ, संचालन र समापन गर्नको लागि सुुप्तुुलुुङको महत्वपूर्ण भूूमिका रहेको हुुन्छ । हरेक अवसरहरुमा सुुप्तुुलुुङमा बस्ने पितृहरूको पूजा गर्नुका साथै उनीहरूको भाग सुप्तुलुुङमा चढाउने गर्दछन् ।<br>शिशुु जन्मेपछि सुुप्तुुलुुङमा देखाउँदै पितृहरुसँग संरक्षणको लागि प्रार्थना गरिन्छ । बाल्यसंस्कारको रुपमा गरिने पास्नीमा शिशुुलाई खाना खुुवाउन प्रारम्भ गरेको र छेवर तथा गुन्युुचोली दिन लागेको समेत पितृहरुलाई जानकारी दिइन्छ । विवाह संस्कारमा माइतीको सुप्तुुलुुङबाट छोरीलाई निकालिन्छ भने बिहे घरको सुुप्तुलुङमा बुहारीको रुपमा प्रवेश गराइन्छ । अन्त्येष्टि संस्कारमा पनि सहज मृत्युु भएकाको आत्मालाई सुुप्तुुलुुङमा प्रवेश गराइन्छ र पितृ वा भगवानको रुपमा पुुजिन्छ । दुर्घट्ना परेर मृत्युु भएकाहरुको आत्मालाई पिशाच मानिन्छ र सुुप्तुुलुुङ बाहिर स्थानमान दिइन्छ । यसरी बान्तावा राई संस्कारमा सुुप्तुुलुुङको स्थानमान र महत्व, जीवन शैलीको अपरिहार्य अंगका रुपमा स्थापित भएकोे पाइन्छ ।</p>}, journal={Nepalese Culture}, author={राई Rai चन्द्रकुमार Chandrakumar}, year={2019}, month={Dec.}, pages={65–76} }