TY - JOUR AU - पोखरेल Pokhrel, निर्मला Nirmala PY - 2021/03/09 Y2 - 2024/03/29 TI - शक्तिका श्रोत नवदुर्गाहरू Shaktika Shrot Nabadurgaharu JF - Nepalese Culture JA - Nep. Cult. VL - 14 IS - 0 SE - Articles DO - 10.3126/nc.v14i0.35428 UR - https://www.nepjol.info/index.php/nc/article/view/35428 SP - 95-104 AB -
मानव सभ्यता संग–संगै मातृशक्तिको उपासना पद्दतिको शुरुवात भएको देखिन्छ । यो समयमा
प्रजननमा समर्थ नारीमा देवी शक्तिको कल्पना गरिन्थ्यो । मानवको यही भावनाले आदिकालमा नै शक्तिको
रूप लियो । सिन्धु सभ्यतामा धरती मातालाई ‘पृथिवीकी रानी’ मानी शक्तिको रूपमा पूजा गर्दथे । देवताहरूको
सर्वाेच्च देवत्व शक्तिमा नै निहित भएको मानिन्छ । शक्ति सर्वव्यापी तत्व हो, त्री–देव लगायत सम्पूर्ण देवताहरू
शक्तिको उपस्थिति विना क्रियाशील हुन सक्दैनन् । उनले देवीदेवता र प्राणीलाई जन्म दिई शक्तिको संचार गर्ने
हुनाले स्त्रीरूपमा कल्पना गरियो र आमाको स्थान दिईयो र उनै विश्वशक्तिको नाम भगवती पनि रहन गयो ।
विस्तारै यीनै भगवतीका विभिन्न स्वरूपको उपासना गरिन थालियो यही क्रममा दुर्गाका रूपमा पनि उनको
स्वतन्त्र अस्तित्व प्रारम्भ भयो । दुर्गास्वरूपमा पनि नवदुर्गा मण्डलीको छुट्टै समुह रहेको छ । नवदुर्गा समूहमा
मुख्य देवी दुर्गा हुन् र यिनैका अन्य आठरूपलाई जोडेर नवदुर्गा हुने हुन् । सर्वशक्तिमान देवी महिषासुरमर्दिनी
पनि नवदुर्गा भवानी हुन् । नवैवटी देवीहरूको स्वरूपमा नवदुर्गा गण संस्कृति सुस्पस्ट रूपमा भने अंशुवर्माको
समय देखि धार्मिक मतहरूमा तन्त्र सिद्धान्तको वढ्ता प्रभाव पर्न थालेपछि देखिएको पाइन्छ ।
नवदुर्गा समूहमा गनिने दुर्गादेवीहरूको नाम नेपाल र भारत दुवै ठाउँमा फरक फरक देखिन्छ ।
उपत्यकामा नवदुर्गा संस्कृतिको ख्यातिप्राप्त स्थान भक्तपुर रहिआएको छ । यहाँ देहधारी मानवलाई नै नवदुर्गा
वनाएर नृत्य, पूजाआजा आदि पनि गरिन्छ । आफुहरूले समाधान गर्न नसकेका समस्याहरू सल्टाउन, पराजित
गर्न नसकेका दैत्यहरूलाई नष्टगर्न, आफुमा विशेष शक्ति आर्जन गर्न, देवताहरू पनि यिनै दुर्गा देवीहरूलाई
आह्वान गरि पूजा–आराधना गर्दछन् । शक्तिका श्रोत नवदुर्गाहरू शीर्षकको यो लेखले समग्रमा नवदुर्गाको
परिचय, प्राचीनता, विकाशको चर्चा गरेको छ साथै अरु उपशीर्षकहरूमा यिनै देवीहरूको विषयवस्तुमा केन्द्रित
भएर विभिन्न सन्दर्भहरूको विष्लेषण सहित निष्कर्ष प्रस्तुत गरिएको छ ।
ER -