नेपाली समाजमा विवाहको स्वरुपमा आएको परिवर्तन

Authors

Keywords:

हिन्दू संस्कार, हिन्दू धर्म, विवाह संस्कार, सजातीय बिबाह, शैक्षिक जागरण

Abstract

हिन्दूहरूको संस्कारमध्येको विवाह सबैभन्दा पवित्र संस्कार हो । हिन्दू धर्ममा पति र पत्नीका बीचमा सात जुनीको सम्बन्ध मानिने हुनाले विवाह संस्कार सम्पन्न भएपछि एकअर्कामा विश्वास आत्मीयता मैत्री र समर्पणको भावना उत्पन्न हुन्छ । परम्परादेखि नै नेपाली समाजले स्वीकार गरेको विवाहको प्रक्रिया एवं तरिका समयको गतिसँगै भएको सामाजिक परिवर्तनको प्रभावका कारण यसको स्वरूपमा पनि क्रमशः परिवर्तन हुँदै गएको छ । धार्मिक संस्कार र सजातीय आधारमा गरिँदैआएको विवाह संस्कार समाजमा भएको शैक्षिक जागरणले ल्याएको परिवर्तनले यसलाई हेर्ने  दृष्टिकोणमा समेत परिवर्तन भई परम्परागत परिधिभन्दा बाहिर आउनथालेको छ । यसरी समयको प्रवाहले ल्याएको विज्ञान र प्रविधिको विकास, शिक्षाको व्यापकता, सूचना सञ्चार र यातायातको सुलभता, अन्तरदेशीय आवागमनको सहजता आदि जस्ता कारणले सोचाइ एवं धारणामा समेत परिवर्तन आई समाजमा चलेको वैवाहिक प्रक्रियामा समेत नवीनता देखिन थालेको छ । यही नवीनताका कारण परम्परागत वैवाहिक प्रक्रियामा समेत आधुनिकताको प्रभाव परी स्वतन्त्रता, आत्मनिर्भरता, आत्मनिर्णय, जातीय एवं लैङ्गिक समानता, मानव अधिकार तथा शैक्षिक एवं वैचारिक समानताले ल्याएको परिवर्तित प्रक्रियालाई यस लेखमा विश्लेषण गरिएको छ ।

Abstract
83
PDF
0

Author Biography

Pujan Pokhrel Koirala, समाजशास्त्र पद्मकन्या बहुमुखी क्याम्पस

उप–प्राध्यापक

Downloads

Published

2025-12-08

How to Cite

नेपाली समाजमा विवाहको स्वरुपमा आएको परिवर्तन. (2025). Nepalese Journal of Society and Culture, 1(1), 136-146. https://doi.org/10.3126/njsc.v1i1.87173

Issue

Section

Articles

How to Cite

नेपाली समाजमा विवाहको स्वरुपमा आएको परिवर्तन. (2025). Nepalese Journal of Society and Culture, 1(1), 136-146. https://doi.org/10.3126/njsc.v1i1.87173