नेपाली भाषा शिक्षण सिकाइमा मोबाइल प्रविधिको प्रभाव र उपयोग

Authors

  • Deviprasad Gautam

DOI:

https://doi.org/10.3126/njumc.v3i3.82800

Keywords:

एम लर्निङ, डिजिटल शिक्षा, भाषिक सिप शिक्षण, मोबाइल प्रविधि,

Abstract

प्रस्तुत आलेख नेपाली भाषा शिक्षण  सिकाइमा मोबाइल प्रविधिको प्रभाव र उपयोगमा  केन्द्रित रहेर तयार पारिएको छ ।  वर्तमान समयमा मोबाइल प्रविधिको आगमनसँगै विश्वभरि नै शैक्षिक अभ्यासमा महत्त्वपूर्ण परिवर्तन ल्याएको छ । नेपाली भाषा शिक्षण सिकाइमा मोबाइल प्रविधिको उपयोगिता र महत्त्वमा केन्द्रित भएर प्रस्तुत लेख तयार पारिएको हो ।  नेपाली भाषा शिक्षणमा मोबाइल फोनबाट लिन सकिने फाइदाको खोजी गर्नु यस लेखको मुख्य उद्देश्य रहेको छ । लेखमा पुस्तकालीय विधिमा आधारित भई द्वितीयक स्रोतका सामग्री खोजी गरेर वर्णनात्मक, व्याख्यात्मक र विश्लेषणात्मक पद्धतिबाट गुणात्मक अध्ययन विधिलाई अवलम्बन गरी निष्कर्षमा पुगिएको छ । भाषिक सिपको अभिवृद्धिका लागि मोबाइल उपकरणहरूको प्रयोगलाई मोबाइल लर्निङ (एम–लर्निङ) भन्ने शब्दावलीको  प्रयोग गरिएको पाइन्छ । यो सिकाइको लागि एक नवीन दृष्टिकोण सहज रूपमा उपलब्ध हुने प्रविधि हो । यसले सबै प्रकारका शिक्षार्थीहरूको लागि सुनाइ, बोलाइ, पढाइ र लेखाइ प्रयोगपरक सिप सिकाइमा सहयोग पुर्‍याउँछ । सबै विद्यार्थीको हातहातमा हुने मोबाइललाई नेपाली भाषाको शिक्षण सिकाइमा प्रयोगमा ल्याउँदा यसले धेरै सकारात्मक अवसरहरू सृजना गर्दछ । तसर्थ यस लेखमा नेपाली भाषिक सिप शिक्षणमा मोबाइल प्रविधिको उपयोगिताको खोजी गरिएको छ ।  मोबाइलको प्रयोगले विद्यार्थीका लागि हरेक शिक्षण सामग्री सहज रूपमा उपलब्ध गराउन सक्छ  भने शिक्षकलाई पनि सिकाइमा प्रभावकारी शिक्षण सामग्री र विधि उपयोग गर्न सहयोग पुर्‍याएको छ । यसमा मोबाइल प्रविधिलाई नेपाली भाषा शिक्षण सिकाइमा प्रभावकारी रूपमा प्रयोग गर्ने उपायहरूको विश्लेषण गरी निष्कर्ष निकालिएको छ । प्रस्तुत लेखले सम्बन्धित क्षेत्रमा अध्ययन अनुसन्धान गर्न चाहने तथा यस विषयक्षेत्रप्रति रुचि राख्ने सबैमा सहयोग पुर्‍याउने विश्वास गरिएको छ ।

Downloads

Download data is not yet available.
Abstract
29
PDF (नेपाली)
16

Published

2025-08-11

How to Cite

Gautam , D. (2025). नेपाली भाषा शिक्षण सिकाइमा मोबाइल प्रविधिको प्रभाव र उपयोग. New Journey, 3(3), 34–47. https://doi.org/10.3126/njumc.v3i3.82800

Issue

Section

Articles