नेपालमा प्रजातन्त्रका लागि भएका आन्दोलन र प्रजातन्त्रको अभ्यास

Authors

  • Mohan Shumsher Thapa

Keywords:

प्रजातन्त्र, संविधान सभा, राजतन्त्र, जनशक्ति, शक्ति सन्तुलन, हिमायती

Abstract

जनताले आफ्‌नो शासक आफैँले चुन्न पाउने शासन व्यवस्थालाई प्रजातन्त्र भनिन्छ । प्रजातन्त्र जनताको शासन हो । प्रजातन्त्रको प्रारम्भिक अभ्यास प्राचीन ग्रिसको एथेन्स नगरबाट सुरु भएको हो भन्ने कुराको वर्णन प्लेटो र अरस्तुको प्रसिद्ध पुस्तकहरू द रिपब्लिक र द पोलिटिक्समा गरिएको छ । प्रजातन्त्रका प्रमुख विशेषताहरू भनेको विधिको शासन, राज्यका तीन अङ्गहरूबीच शक्ति पृथकीकरण र शक्ति सन्तुलन हुन् । आधुनिक समयमा प्रजातन्त्रको महत्त्व दिनप्रतिदिन बढ्दै गइरहेको पाइन्छ । प्रजातन्त्रमा महत्वपूर्ण भूमिका त्यस देशका नागरिक, राजनीतिक दल, निर्वाचन प्रणाली, नागरिक समाज, जनउत्तरदायी सरकार, सञ्चार जगत् आदिको रहेको हुन्छ । यस लेखको मुख्य उद्देश्य नेपालमा प्रजातन्त्रका लागि भएका आन्दोलन र प्रजातान्त्रिक अभ्यासका बारेमा संक्षिप्त जानकारी गराउनु रहेको छ भने लेखमा गुणात्मक विधिको प्रयोग गरिएको छ । संसारमा भएका प्रजातान्त्रिक आन्दोलनको परिप्रेक्ष्यमा नेपालको प्रजातान्त्रिक आन्दोलनको इतिहास त्यति लामो छैन । वास्तवमा नेपालको प्रजातान्त्रिक आन्दोलनको सुरुवात राणा परिवारको मनपरितन्त्रको विरुद्धमा र जनता पक्षले चाहेको जस्तो शासन व्यवस्था प्राप्तिका लागि भएको आन्दोलनबाट भएको पाइन्छ । लोकसम्मति र जनचाहना अनुसार सञ्चालन हुनुपर्ने शासन व्यवस्था एकतन्त्रीय तथा पारिवारिक स्वार्थबाट प्रेरित हुन थाल्यो फलस्वरूप जनताले आफ्‌नो हक स्थापनार्थ कालक्रम अनुसार हतियारसहित तथा हतियाररहित आन्दोलनको थालनी गर्नु पर्‍यो । जसको फलस्वरूप २००७ साल फागुन ७ गतेका दिन १०४ वर्षको जहानियाँ राणा शासनको अन्त्य गरी नेपालमा प्रजातन्त्रको स्थापना भएको हो तसर्थ हरेक वर्षको फागुन ७ गतेलाई राष्ट्रिय प्रजातन्त्र दिवसको रूपमा मनाउँदै आइरहेका छौँ । प्रजातन्त्र प्राप्तिका लागि नेपाली जनताहरूले विभिन्न समयमा जनआन्दोलन गर्दै आएको र उनीहरूको बलिदानद्वारा नेपालमा प्रजातन्त्र स्थापित हुन सफल भएको इतिहास जीवितै छ । प्रजातन्त्र स्थापनादेखि लोकतन्त्र हुँदै गणतन्त्रसम्म आइपुग्दा पनि शासन व्यवस्थाको गुणस्तर क्रमशः खस्किदै जानु, नेपाली जनताहरूको जीवनस्तरमा सुधारको सट्टामा गिरावट आउनु, अन्तर्राष्ट्रिय जगत्‌मा नेपालको छवि तथा विश्वसनीयतामा कमी आउनु, देशको शासन सञ्चालन गर्नेहरू विदेशीहरूको इसारा र स्वार्थअनुसार चल्नु, दक्ष र युवा जनशक्तिलाई बैदेशिक रोजगारीमा जान बाध्य बनाउने अवस्थालाई बढ्दो क्रममा निरन्तरता दिनु जस्ता अनैतिक तथा गैर जिम्मेवारपूर्ण कार्यहरू देशका प्रमुख शासक वर्ग तथा राजनीतिक दलका शिर्षस्थ नेताहरूद्वारा गरिनुले प्रजातन्त्र/लोकतन्त्र वा गणतन्त्र जे भनेता पनि यी शब्दहरू खाली शाब्दिक झेल र हामी नेपाली जनताहरूले बुझ्न नसकेको खेल हुन सक्ने कुरा यस लेखमा प्रस्तुत गरिएको छ ।

Abstract
258
PDF (Nepali)
0

Downloads

Published

2025-08-11

How to Cite

नेपालमा प्रजातन्त्रका लागि भएका आन्दोलन र प्रजातन्त्रको अभ्यास. (2025). New Journey, 3(3), 58-72. https://doi.org/10.3126/njumc.v3i3.82802

Issue

Section

Articles

How to Cite

नेपालमा प्रजातन्त्रका लागि भएका आन्दोलन र प्रजातन्त्रको अभ्यास. (2025). New Journey, 3(3), 58-72. https://doi.org/10.3126/njumc.v3i3.82802