भाषाशिक्षणमा व्यवहारवादी एवम् मनोवादी दर्शनको प्रभाव

Authors

  • Bishnuprasad Acharya

DOI:

https://doi.org/10.3126/njumc.v3i3.82805

Keywords:

पुनर्बल, भाषा शिक्षक, भाषा पाठ्यक्रम, संज्ञानात्मक

Abstract

प्रस्तुत लेख भाषा शिक्षण सिकाइमा व्यवहारवादी एवम् मनोवादी दर्शनसँग सम्बन्धित छ। भाषाका सिपहरू सिकाउने उद्देश्यले गरिने शिक्षण भाषा शिक्षण हो । भाषा सिकाइलाई परिष्कृत गर्दै निश्चित आकार दिन वातावरणको भूमिकालाई जोड दिने शैक्षिक दर्शनलाई व्यवहारवाद भनिन्छ । मनोवाद आन्तरिक मानसिक प्रक्रियाहरू, संज्ञानात्मक रणनीतिहरू र आलोचनात्मक सोचको विकासमा केन्द्रित भएको पाइन्छ। व्यवहारवादी एवम् मनोवादी दर्शनको भाषा शिक्षणका क्षेत्रमा के कस्तो प्रभाव रहेको छ ? भन्ने मूल समस्यामा केन्द्रित भएर प्रस्तुत लेख तयार पारिएको छ । व्यवहारवादी र मनोवादी सिकाइ दर्शनहरूलाई सैद्धान्तिक आधार मानी प्रस्तुत लेखमा पुस्तकालयीय सामग्रीहरूको गहन अध्ययनपश्चात् वर्णनात्मक तथा व्याख्यात्मक पद्धतिबाट गुणात्मक अध्ययन विधिलाई अवलम्बन गरी निष्कर्ष निकालिएको छ । भाषा शिक्षणका क्षेत्रमा व्यवहारवादी दर्शनले सबैभन्दा बढी प्रभाव पारेको छ भने विद्यमान समयमा मनोवादी दर्शनको पनि महत्वपूर्ण प्रभाव रहेको पाइन्छ । यद्यपि उल्लिखित दुवै दर्शनको प्रभावमा वर्तमान समयको भाषा शिक्षण अघि बढेको छ । वर्तमानमा आन्तरिक मानसिक प्रक्रियाहरू र अर्थ निर्माणमा जोड दिने मनोवादी मान्यतासँग अवलोकन योग्य व्यवहार र वातावरणीय उत्तेजनाहरूमा ध्यान केन्द्रित गर्ने व्यवहारवादी दर्शनलाई एकीकृत गरी भाषा शिक्षण सिकाइ कार्यकलाप गर्न थालिएको देखिन्छ । प्रस्तुत लेखमा व्यवहारवादी तथा मनोवादी दर्शनको भाषा शिक्षणमा ठूलो प्रभाव रहेको छ भन्ने निष्कर्ष निकालिएको छ ।

Downloads

Download data is not yet available.
Abstract
36
PDF (नेपाली)
17

Published

2025-08-11

How to Cite

Acharya , B. (2025). भाषाशिक्षणमा व्यवहारवादी एवम् मनोवादी दर्शनको प्रभाव. New Journey, 3(3), 97–110. https://doi.org/10.3126/njumc.v3i3.82805

Issue

Section

Articles