निर्माणात्मक मूल्याङ्कनका चुनौती र प्रभावकारिता अभिवृद्धिका उपाय

Authors

  • Kamal Bhattarai

Keywords:

पाठ्यक्रम, पृष्ठपोषण, सिकाइ उपलब्धि, वैधता, विश्वसनीयता

Abstract

प्रस्तुत अध्ययन निर्माणात्मक र निर्णयात्मक मूल्याङ्कनको अवधारणा तथा निर्माणात्मक मूल्याङ्कनमा देखा परेका चुनौती तथा निर्माणात्मक मूल्याङ्कनको प्रभावकारितामा अभिवद्धि गर्ने उपायको खोजीसँग सम्बन्धित रहेको छ । निर्माणात्मक मूल्याङ्कनको प्रयोगमा के कस्ता चुनौती रहेका छन् र निर्माणात्मक मूल्याङ्कनमा देखा परेका चुनौतीलाई समाधान गरी मूल्याङ्कनलाई प्रभावकारी बनाउन के कस्ता समाधानका उपाय अपनाउन सकिन्छ भन्ने समस्यामा यो अध्ययन केन्द्रत रहेको छ । निर्माणात्मक र निर्णयात्मक मूल्याङ्कनको अवधारणा प्रस्ट पार्नु, निर्माणात्मक मूल्याङ्कनका चुनौती र निर्माणात्मक मूल्याङ्कन प्रभावकारिताको उपाय सुझाउनु उद्देश्य रहेको यो अध्ययनमा द्वितीय स्रोतबाट सामग्री सङ्कलन गरी सामग्री विश्लेषणमा व्याख्यात्मक ढाँचालाई अपनाइएको छ ।  शिक्षकलाई तालिमको अभाव, खर्च, समय र श्रम बढी लाग्नु, निर्माणात्मक मूल्याङ्कनलाई कम महत्त्व दिनु, व्यक्तिगत प्रभाव पर्नु, शिक्षक दरबन्दी कम हुनु आदि हाम्रा विद्यालयमा देखा परेका निर्माणात्मक मूल्याङ्कनका प्रमुख चुनौतीहरू हुन् । शिक्षकलाई तालिमको व्यवस्था गर्नु, विद्यार्थी अनुसार शिक्षक व्यवस्था गर्नु, मूल्याङ्कनका लागि पर्याप्त समय उपलब्ध गराउन, निर्माणात्मक मूल्याङ्कनलाई बढी महत्त्व दिनु  जस्ता उपाय अपनाएमा निर्माणात्मक मूल्याङ्कनको प्रभावकारिता अभिवृद्धि गर्न सकिने यो अध्ययनको निष्कर्ष रहेको छ ।

Abstract
148
PDF (Nepali)
4

Downloads

Published

2025-08-11

How to Cite

Bhattarai , K. (2025). निर्माणात्मक मूल्याङ्कनका चुनौती र प्रभावकारिता अभिवृद्धिका उपाय. New Journey, 3(3), 111-120. https://doi.org/10.3126/njumc.v3i3.82806

Issue

Section

Articles

How to Cite

Bhattarai , K. (2025). निर्माणात्मक मूल्याङ्कनका चुनौती र प्रभावकारिता अभिवृद्धिका उपाय. New Journey, 3(3), 111-120. https://doi.org/10.3126/njumc.v3i3.82806