“श्रद्धासुमन” कथा संग्रहका कथामा आञ्चलिकता

Authors

Keywords:

मौलिकता , बर्गीय विभेद, भाषिका , यथार्थवाद

Abstract

निश्चित भौगोलिक स्थान र समुदाय विशेषको पहिचान देखिने विषयवस्तुमा आधारित कथाले आञ्चलिकताकोसिर्जना गर्दछ । यसले समाजमा देखिएका विकृति, विसङ्क्ति, र सामाजिक भेदभावजन्य व्यवहारलाई उपयुक्त पात्र मार्फत प्रस्तुत गर्दछ । यस्ता कथाले उक्त क्षेत्रका विशिष्ट अवस्था, स्थिति, आचार, व्यवहार, भेषभूषा आदिको वैशिष्ट्य रुपलाई पनि जनाउँछ । यस्ता विषयवस्तुलाई जनाउन त्यहींका पात्रहरूले प्रयोग गर्ने खालको भाषा प्रयोग गरिएको हुन्छ। यसरी विशिष्ट विषय वस्तु र फरक भाषाको प्रयोग हुनुलाई साहित्यमा आञ्चलिकता भनिन्छ। यस लेखले आञ्चलिकतालाई जनाउने लोक संस्कृति, लोक जीवन, सामाजिक अवस्था, स्थान विशेषका जनजीवन इत्यादिलाई प्रस्तुत गरेको छ। यसले समाजमा सिर्जित समस्याहरू, गरिबीले सृजना गरेका पीडाहरू, समाजका उच्च वर्गले गरेको अपमानजनक व्यवहारले आञ्चलिकतालाई प्रदर्शन गरेको कुरा देखाएको छ। यसले खास ठाउँको परिवेश रहन सहन, संस्कृति आदि प्रसङ्गमा सो स्थानको पहिचानलाई उजागर गरेको छ। तत्कालीन समाजमा कथाकार आफूले बाँचेको अवस्थामा देखिएका सामाजिक जीवन भोगाइका क्रममा देखिएका भोग, रोग, शोकलाई साक्षात्कार गरी जस्ताको त्यस्तै स्थानीय भाषामा प्रस्तुत गर्दा आञ्चलिकताको प्रयोग भएको देखिएको छ। कथा सिद्धान्त र विश्लेषणात्मक शोध विधिको प्रयोग गरी दिलिप शाहका "श्रद्धासुमन" कथा सङ्ग्रहमा देखिएका कथाहरूमा आञ्चलिकताको पहिचान गरी विश्लेषण गर्नु यस लेखको मुख्य उद्देश्य रहेको छ । यस लेखमायथार्थवादको क्षेत्रीयता वा आञ्चलिकतासँग सम्बद्ध अवधारणालाई सैद्धान्तिक आधार बनाउनुका  साथै प्राथमिक र द्वितीय सामाग्रीका स्रोत कथाबारे लेखिएका समीक्षा, समालोचना वा पूर्वाध्ययन आदिलाई आधार मानी विश्लेषण गरिएको छ। साथै यस कथाकारको "श्रद्धासुमन” कथा सङ्ग्रहमा सङ्कलित प्रतिनिधि कथाहरूमा देखिएको आञ्चलिकताका प्रकारहरूलाई आधार मानी निष्कर्षमा पुऱ्याइएको छ।

Abstract
203
PDF
1

Author Biography

Kul Prasad Ghimire

ओखलढुंगा क्याम्पस

सहायक प्राध्यापक

 

Downloads

Published

2024-09-09

How to Cite

“श्रद्धासुमन” कथा संग्रहका कथामा आञ्चलिकता. (2024). Okhaldhunga Journal, 1(2), 59-73. https://doi.org/10.3126/oj.v1i2.69567

Issue

Section

Articles

How to Cite

“श्रद्धासुमन” कथा संग्रहका कथामा आञ्चलिकता. (2024). Okhaldhunga Journal, 1(2), 59-73. https://doi.org/10.3126/oj.v1i2.69567