नेपाली विषयको वर्तमान माध्यमिक शिक्षा पाठ्यक्र‌ममा तहगत सक्षमता र सिकाइ उपलब्धिको तुलना

Authors

Keywords:

पाठ्‌यक्रम, तहगत सक्षमता, सिकाइ उपलब्धि, लम्बीय स्तरण, मानवीय मूल्य, अक्षर संरचना, पाठ्‌यक्रम, तहगत सक्षमता, सिकाइ उपलब्धि, लम्बीय स्तरण, मानवीय मूल्य, अक्षर संरचना

Abstract

यस लेखमा नेपाली विषयको वर्तमान माध्यमिक शिक्षा पाठ्‌यक्रमले तय गरेका कक्षा ९ र १० तथा कक्षा ११ र १२ को तहगत सक्षमता र सिकाइ उपलब्धिको भाषिक सिपका आधारमा तुलनात्मक अध्ययन गरिएको छ । यसमा तुलनात्मक तथा व्यतिरेकी भाषा विज्ञानको सैद्धान्तिक धरातलमा रही खास गरी व्यतिरेकी विश्लेषण गरिएको छ । यसमा गुणात्मक अनुसन्धानको ढाँचालाई प्रस्तुति र विश्लेषणका लागि अपनाइएको छ । यस अध्ययन‌मा नेपाली विषयको माध्यमिक शिक्षा पाठ्‌यक्रमलाई आधार सामग्रीका रूप‌मा उपयोग गरिएको छ भने द्वितीय स्रोतबाट सामग्री सङ्‌कलन गरिएको छ । यसमा विषयवस्तुलाई वर्णनात्मक, विश्लेषणात्मक साथै तुलनात्मक विधिबाट प्रस्तुति र विश्लेषण गरिएको छ । यस लेखमा कक्षा ९ र १० तथा कक्षा ११ र १२ को वर्तमान पाठ्‌यक्रम‌मा तय गरिएका तहगत सक्षमताका अन्तर्वस्तु धेरैजसो समान देखिन्छन् तर केही भिन्नताहरू पनि रहेका छन् । सक्षमताका अन्तर्वस्तुका भिन्नतालाई हेर्दा कक्षा ९ र १० मा भन्दा कक्षा ११ र १२ मा अभिव्यक्ति कौशल, सम्मानजनक भाषिक व्यवहार, समालोचनात्मक चिन्तन, राष्ट्रिय एवंम् मानवीय मूल्यअनुकूल लेख्य अभिव्यक्ति जस्ता केही विशिष्ट भाषिक सिप र कौशलहरू फरक देखिन्छन् । यस्तै सिकाइ उपलब्धिहरूको सन्दर्भमा कक्षा ९ मा प्रारम्भिक भाषिक सिप र कौशल विकास गर्न सिकाइ उपलब्धिहरू तय गरिएको देखिन्छ भने कक्षा १० मा तार्किक, सन्देशमूलक, विश्लेशणात्मक, समीक्षात्मक, समालोचनात्मक अभिव्यक्ति जस्ता विशिष्ट अभिव्यक्ति कौशललाई सिकाइ उपलब्धिकारूपमा राखिएको छ । यस्तै कक्षा ११ मा कक्षा १० कै भाषिक ज्ञान, सिप र कौशललाई सबल पार्दै लगिएको पाइन्छ भने कक्षा १२ मा विशिष्ट भाषिक सिप तथा कौशल विकास गर्नका निम्ति सिकाइ उपलब्धिहरू निर्धारण गरिएको देखिन्छ । यी भिन्नताहरू पाठ्यक्रमको लम्बीय स्तरणको मान्यताअनुरूप नै रहेको देखिन्छन् ।

Abstract
282
PDF
0

Author Biography

Somanath सोमनाथ Poudel पौडेल

ओखलढुंंगा क्यााम्पस, ओखलढुंंगा

उपप्रााध्याापक

Downloads

Published

2024-09-09

How to Cite

नेपाली विषयको वर्तमान माध्यमिक शिक्षा पाठ्यक्र‌ममा तहगत सक्षमता र सिकाइ उपलब्धिको तुलना. (2024). Okhaldhunga Journal, 1(2), 94-102. https://doi.org/10.3126/oj.v1i2.69581

Issue

Section

Articles

How to Cite

नेपाली विषयको वर्तमान माध्यमिक शिक्षा पाठ्यक्र‌ममा तहगत सक्षमता र सिकाइ उपलब्धिको तुलना. (2024). Okhaldhunga Journal, 1(2), 94-102. https://doi.org/10.3126/oj.v1i2.69581