नेपाली नाटकको इतिहास, प्रमुख धारा र प्रवृत्ति
DOI:
https://doi.org/10.3126/oj.v2i3.79996Keywords:
नेपाली नाटक, कालविभाजन, ऐतिहासिक विधि, यथार्थवाद, प्रयोगवाद, मनोविश्लेषणात्मक दृष्टिकोण, त्रिआयामिक अभिनेयताAbstract
नेपाली नाटक साहित्यले समाज, राजनीति, संस्कृति र मानव मनोविज्ञानको सजीव चित्रण गर्छ । यसले दृश्य, संवाद र अभिनयमार्फत दर्शकमा प्रत्यक्ष प्रभाव पार्दछ । नेपाली नाटकको आरम्भ संस्कृत साहित्यबाट प्रभावित रही शक्तिबल्लभ अर्यालद्वारा वि.सं. १८५५ मा भएको मानिन्छ । प्राथमकि कालका नाटकहरू धार्मिक, शिक्षामूलक र अनुवादप्रधान थिए । माध्यमिक चरणमा मोतीराम भट्ट, शम्भुप्रसाद ढुङ्ग्यालजस्ता लेखकहरूले यथार्थपरक र भावनात्मक पक्षलाई उजागर गर्न थाले । वि.सं. १९८६ मा बालकृष्ण समको मुटुको व्यथा बाट आधुनिक युग सुरु भई भीमनिधि तिवारी, गोपालप्रसाद रिमाल, लक्ष्मीप्रसाद देवकोटा आदिले मौलिकता, प्रयोगशीलता र मानवीयता मुल्यलाई थप्ने काम गरे । यस अनुसन्धानले नेपाली नाटकको विकासलाई प्राथमिक, माध्यमिक र आधुनिक काल गरी तीन खण्डमा विभाजन गरी मनोविश्लेषणात्मक, यथार्थवादी, प्रतीकात्मक र अस्तित्ववादी आदि धाराहरुको विश्लेषण गरेको छ । गोविन्द मल्ल गोठाले, विजय मल्ल, अशेष मल्ल, सरुभक्त, गोपाल पराजुली आदिका नाटकहरूमा मानसिक द्वन्द्व, बिम्ब, प्रतीक र चेतनप्रवाह शैलिको प्रयोग देखिन्छ । नाटक केवल साहित्य नभई दृश्य प्रभाव, मञ्चीय प्रयोग र सामाजिक चेतनाको संयोजन हो । यस अनुसन्धानले नेपाली नाटकको ऐतिहासिक विकास, प्रवृत्ति र सैद्धान्तिक पक्षलाई समेटेको छ साथै नेपाली नाटक सांस्कृतिक उत्थानको महत्वपूर्ण कडी समेत भएको पुष्टि गर्दछ ।