राजोपाध्याय समुदायले मनाउने प्रमुख चाडपर्व
DOI:
https://doi.org/10.3126/oj.v2i3.79997Keywords:
चाड, पर्व, उत्सव, मोहनी, कुमार षष्ठीAbstract
काठमाडौं उपत्यकाको दरवार क्षेत्र परिसर भित्र राजोपाध्यायहरूको मुख्य बसोबास स्थल हो । नेवार समुदायसग हुलमेल भएका कारण उनीहरूले संस्कार, जात्रा, पर्व र उत्सव मनाउने गर्छन् । उनीहरूले चन्द्र र सौयमान अनुसार आउने जात्राहरूलाई प्राथमिकताका साथ मनाउने गरेका छन् । दशै, तिहार, योमरी पुन्ही, नृर्सिह जात्रा, पाँहाचह्रे, विस्केट जात्रा, रातो मच्छिन्द्रनाथ र जनैपूर्णिमा मुख्य हुन् । मध्यकालका चाडपर्व र उत्सवलाई वर्तमान समाजले पछ्याइरहेको छ । काठमाडौं उपत्यकाका चाडपर्व र जात्रा धर्म, देवदेवितासँग जोडिएका छन् । खेतिपाती, मौसम परिवर्तन, मृत आत्मा वा ऐतिहासिक घटनासँग जोडिएर चाडपर्व र जात्रा मनाइन्छ । कुनै चाडपर्व भुतप्रेत र पिशाच भगाउने, रोगव्याधीले छुन नपाउनु भन्ने उद्देश्यले पनि मनाएको देखिन्छ । समाज र जातिगत अध्ययन अनुसन्धान विधिको आधारमा संस्कृतिको अध्ययन गुणात्मक विधि अन्तर्गत पर्दछ । यस अनुसन्धान आलेखमा गुणात्मक अनुसन्धान विधि अललम्बन गरिएको छ । यो अनुसन्धानमा नमूना छनोट गर्दा उद्देश्यमुलक नमूना छनोट गरिएको छ । जसमा अन्तर्वार्ता र प्रत्येक्ष अवलोकन गरिएको छ ।