कृष्णचन्द्र सिंह प्रधान र उनको गौतम ‘बुद्धको चिठी अशोकका नाममा’ निबन्धको विश्लेषण

Authors

  • Pramila Basnet MPhil Scholar

DOI:

https://doi.org/10.3126/oj.v2i3.80000

Keywords:

प्रगतिवादी, वस्तुतत्त्व, विचारतत्त्व, भाषिक विचलन, व्याकरणीक विचलन

Abstract

गौतम बुद्धको चिठी अशोकका नाममा’ निबन्धका निबन्धकार कृष्णचन्द्रसिंह निबन्धगत प्रवृत्ति कसरी केलाउन सकिन्छ तथा निबन्धका मूल तत्त्वहरू वस्तु, विचार र शैलीका आधारमा निर्दिष्ट उपन्यासलाई विश्लेषण गरी कस्तो निष्कर्ष प्रस्तुत गर्न सकिन्छ भन्ने मूल समस्यात्मक प्रश्नमा केन्द्रित भई प्रस्तुत लेख तयार पारिएको छ । पुस्तकीय अध्ययनका आधारमा वर्णनात्मक विधि अपनाएर तयार गरिएको यस लेखको निष्कर्ष छः प्रवृत्तिका हिसाबले कृष्णचन्द्र प्रधान प्रगतिवादी, प्रयोगवादी निबन्धकार हुन् । उनकोे ‘गौतम बुद्धको चिठी अशोकका नाममा’ निबन्धमा माक्र्सवाद, फ्रायडवाद, विसङ्गतिवाद, अस्तित्ववाद तथा गान्धीवादको प्रभाव परेको पाइन्छ । विषयवस्तुका हिसावले यस निबन्धमा नेपाल भारतका बुद्ध तथा अशोक कालीन सम्बन्धदेखि अहिलेसम्मकोे सम्बन्धलाई लिइएको छ । प्रस्तुतिको शैलीका हिसावले निबन्धमा शब्द रखाइ, वाक्य छनोटका क्रममा विभिन्न विचलन (आर्थी विचलन, भाषिक विचलन, व्याकरणीक विचलन) तथा समानान्तरताको प्रयोग भएको छ ।

Downloads

Download data is not yet available.
Abstract
139
PDF
60

Downloads

Published

2025-06-16

How to Cite

Basnet, P. (2025). कृष्णचन्द्र सिंह प्रधान र उनको गौतम ‘बुद्धको चिठी अशोकका नाममा’ निबन्धको विश्लेषण. Okhaldhunga Journal, 2(3), 47–56. https://doi.org/10.3126/oj.v2i3.80000

Issue

Section

Articles