नेपाली लोकदोहोरीमा आएको विकृति र यसको सांस्कृतिक प्रभाव

Authors

  • Thaneshwor Gautam MPhil Scholar

Keywords:

लोकदोहोरी, विकृति, सांस्कृतिक, नैतिक, मौलिकता, विश्लेषण

Abstract

लोकगीत र लोकदोहोरी शैली फरक भएपनि लोकदोहोरी लोक गीतकै विशेष स्वरूप हो । लोकगीत एकल रूपमा गाउन सकिन्छ भने लोकदोहोरी समूहगत गायन हो । यसमा केटा र केटीको दोहोरो उत्तर र प्रतिउत्तर हुने गर्दछ । आजभोलि नेपाली समाजमा लोकदोहोरी अत्यन्त प्रचलित भएको पाइन्छ । हरेक सामाजिक सञ्जाल युट्युब देखि टेलिभिजनसम्म लोकदोहोरीका कार्यक्रमहरू प्राथमिकताका साथ प्रचारप्रसार भएको पाइन्छ । त्यही नेपाली मौलिक लोकदोहोरी गीतमा आएको विकृतिको कारण नेपाली कला संस्कृतिमा चोट पुगेको छ । यसले गर्दा सामाजिक र नैतिक रूपमा विचलन आएको छ । विकृति भनेको कुनै पनि मौलिकपन अर्थात् मूल चिज वस्तु या परम्परालाई बिगारेर प्रस्तुत गर्नु, तोडमोड गर्नु भन्ने अर्थ लाग्दछ । अहिले लोक दोहोरी संस्कृति भन्दा पनि व्यापारको रूपमा विकसित भएको छ । उक्त भनाई र यथार्थतालाई प्रष्ट पार्न यो अनुसन्धानात्मक लेख तयार पारिएको छ । नेपाली लोक दोहोरीमा केके विकृतिहरू भित्रिएका छन् ? यस्ता विकृतिहरूले सांस्कृतिक र नैतिक दृष्टिकोणमा के कस्तो असर गरेका छन् ? लोकदोहोरीको विकृतिले नेपाली समाजमा कस्तो परिवर्तन ल्याएको छ ? यस विकृतिको सांस्कृतिक र नैतिक असरको अध्ययन गर्नु  यस लेखको मुख्य उद्देश्य हो । नेपाली समाज, लोक परम्परा र संस्कृतिमा प्रत्यक्ष असर पार्ने यस गहन विषयमा पत्रपत्रिका तथा टेलिभिजनबाट कतै सामान्य जानकारी पाइएता पनि अनुसन्धानत्मक तथा प्राज्ञिक लेख कतै नभेटिएकोले यस विषयमा अध्ययन अनुसन्धान गर्नुपर्ने जरुरी देखिएकोले यो आलेख तयार गरिएको छ । यो लेखलाई थप प्रभावकारी र प्रामाणिक बनाउन प्रथम श्रोतको रूपमा लोकदोहोरी गीतसँग सम्बन्धित अग्रज कलाकार, समकालीन गायक र गायिकाहरूसँगको अन्तरसंवाद/टेलिभिजन कार्यक्रमहरूमा देखिएको प्रतिक्रियाका आधारमा प्रथम तथा द्वितीयक स्रोतबाट अवलोकनात्मक र अनुसन्धानात्मक बिधिबाट सामग्री संकलन गरी यो लेख तयार गरिएको छ । यो अध्ययनले नेपाली लोकदोहोरी गीतसँग सम्बन्धित अध्येता र कला संगीतका विद्यार्थीहरूलाई समेत फाइदा पुर्याउनेछ । नेपाली लोकदोहोरी क्षेत्रलाई माया गर्नेहरूलाई समेत थप उपयोगी हुनेछ ।

Abstract
125
PDF
0

Downloads

Published

2025-06-16

How to Cite

नेपाली लोकदोहोरीमा आएको विकृति र यसको सांस्कृतिक प्रभाव. (2025). Okhaldhunga Journal, 2(3), 37-46. https://doi.org/10.3126/oj.v2i3.80001

Issue

Section

Articles

How to Cite

नेपाली लोकदोहोरीमा आएको विकृति र यसको सांस्कृतिक प्रभाव. (2025). Okhaldhunga Journal, 2(3), 37-46. https://doi.org/10.3126/oj.v2i3.80001