राजनीतिक स्थायित्व र विकासमा नेपालको लोकतान्त्रिक यात्रा

Authors

  • Choplal Dhamala Okhaldhunga Campus, Okhaldhunga

Keywords:

राजनीतिक स्थायित्व, लोकतान्त्रिक यात्रा, विकास, नेपाल, संघीयता, संक्रमण, नीति, शासन

Abstract

नेपालको लोकतान्त्रिक इतिहास विभिन्न राजनीतिक घटनाक्रमहरूले भरिएको छ। वि.सं. २००७ सालको क्रान्तिबाट शुरु भएको प्रजातान्त्रिक यात्रा, राणा शासनको अन्त्यसँगै राजा त्रिभुवनको नेतृत्वमा संविधानसभा मार्फत शासन संचालनको घोषणा भएको थियो तर जनतको त्यो माग पुरा भएन । यसपछि वि.सं. २०१५ सालमा भएको आम निर्वाचनमा नेपाली कांग्रेस बहुमतमा ल्यायो तर वि.सं. २०१७ मा राजा महेन्द्रले पञ्चायती व्यवस्था लागू गरे । वि.सं. २०३६ सालमा जनमत संग्रहमार्फत पञ्चायती व्यवस्थामा रहन वा बहुदलीय प्रजातन्त्रमा जान भन्ने निर्णयको प्रक्रिया सुरू भयो । वि.सं. २०४६ सालको ऐतिहासिक जनआन्दोलनसँगै पञ्चायती व्यवस्थाको अन्त्य भयो र बहुदलीय प्रजातन्त्र पुनः स्थापित गरियो। २०५९ मा राजा ज्ञानेन्द्रले संविधानको उल्लङ्घन गर्दै कार्यकारी शक्ति आफ्नो हातमा लिएका थिए। त्यसपछि, २०६२/०६३ को दोस्रो जनआन्दोलनले राजा ज्ञानेन्द्रलाई हटायो र गणतन्त्रको दिशा सुरु भयो । वि.सं. २०६४ मा पहिलो संविधानसभाको निर्वाचन भयो, तर २०७० मा दोस्रो संविधानसभा गठन गरियो र २०७२ मा लामो संघर्षपछि नेपालको संविधान जारी भयो । यस घटनाक्रमले नेपाललाई संघीय लोकतान्त्रिक गणतन्त्रको रूपमा स्थापन ग¥यो। नेपालको लोकतान्त्रिक यात्रा संघर्ष र बलिदानले भरिएको छ, जसले राजनीतिक सचेतनामा ठूलो परिवर्तन ल्याएको छ । यही पृष्ठभूमिमा राजनीतिक स्थायित्व र विकासको सम्बन्ध बुझ्न आवश्यक छ ।

Abstract
169
PDF
0

Downloads

Published

2025-06-16

How to Cite

राजनीतिक स्थायित्व र विकासमा नेपालको लोकतान्त्रिक यात्रा. (2025). Okhaldhunga Journal, 2(3), 19-25. https://doi.org/10.3126/oj.v2i3.80002

Issue

Section

Articles

How to Cite

राजनीतिक स्थायित्व र विकासमा नेपालको लोकतान्त्रिक यात्रा. (2025). Okhaldhunga Journal, 2(3), 19-25. https://doi.org/10.3126/oj.v2i3.80002