समसामयिक घटना शिक्षणमा सामाजिक अध्ययन शिक्षकको अवस्था
DOI:
https://doi.org/10.3126/oj.v2i3.80003Keywords:
सामाजिक अध्ययन, वर्तमान घटनाहरू, घटनात्मक दृष्टिकोण, अन्तर्वार्ता, सामुदायिक माध्यमिक विद्यालय, राष्ट्रिय अन्तर्राष्ट्रिय घटनाहरू, नमुना छनौट अवलोकनAbstract
शिक्षण सिकाई प्रक्रियाका प्रमुख तीन तत्त्वहरू शिक्षक, सिकारु र सामग्रीमध्ये सबैभन्दा महत्त्वपूर्ण भूमिका शिक्षक हुन्छ। निश्चय नै गुणस्तरीय एवं समाज उपयोगी शिक्षाका लागि विभिन्न तत्त्वहरूले महत्त्वपूर्ण भूमिका खेल्ने गर्दछन् तर यस कार्यमा शिक्षकको कौशल दक्षता र चरित्रलाई पाठ्यक्रमको कुनै इकाईभित्र सीमित पार्न गाह्रो हुन्छ । त्यसैले यस्ता परिवर्तनलाई स्थान दिन सामाजिक विषयको पाठ्यक्रमभित्र ‘समसामयिक मामिला अध्ययन’ भनेर व्यवस्था गरिएको हुन्छ । यो लेख गुणात्मक ढाँचामा व्याख्यात्मक एवं विश्लेश्षणात्मक शैलीमा तयार पारिएको छ । ओखलढुंगा जिल्लाको सिद्धिचरण नगरपालिकामा रहेका १८ वटा सामुदायिक माध्यमिक विद्यालयहरूमध्ये संम्भावनायुक्त नमुना छनोट विधिका आधारमा ४ वटा माध्यमिक विद्यालय र ती विद्यालयका प्रधानाध्यापक तथा सामाजिक शिक्षकहरूलाई नमुनाको रूपमा छनोट गरि गरिएको अध्ययनका आधारमा यो लेख तयार पारिएको छ । नमुना छनोट गरिएका विद्यालयका प्रधानाध्यापक तथा शिक्षकहरूसँगको सहायताले तथ्याङ्क सङ्कलन गरिएको छ भने अवलोकन तथा अभिलेखवाट तथ्याङ्क लिइएको छ । त्यसैगरी विभिन्न अध्ययन प्रतिवेदन, लेख तथा पुस्तकहरूबाट द्वितीय तथ्याङ्क प्रयोग गरिएकोछ । यसरी विभिन्न स्रोतबाट सङ्कलित तथ्याङ्कहरूको नतिजालाई वर्णनात्मक रूपमा विश्लेषण गरिएको छ । नतिजा विश्लेषण गर्ने क्रममा सामुदायिक र संस्थागत गरि ४ वटा विद्यालयको सांकेतिकरण गरिएको छ । सामाजिक अध्ययनमा समसामयिक मामिलाको अध्ययापन गर्न शिक्षकले कसरी शिक्षण गराउने र कस्तो शैक्षिक सामाग्री प्रयोग गर्ने गराउने भन्ने सन्दर्भलाई यस लेखमा प्रस्तुत गर्न खोजिएको छ । यस किसिमको विषयवस्तुले विद्यार्थीहरूको वैयक्तिक र सामाजिक दुवै प्रकारको जीवनमा सहयोग पुर्याउँछ । प्राथमिक तथ्याङ्कमा आधारित रहको यस लेखमा द्वितीय तथ्याङ्कको पनि प्रयोग गरिएको छ । नमुना छनोट गरिएका विद्यालयका प्रधानाध्यापक तथा शिक्षकहरूसँगको सहायताले तथ्याङ्क सङ्कलन गरिएको छ भने अवलोकन तथा अभिलेख वाट तथ्याङ्क लिइएको छ ।