माध्यमिक तह नपाली विषयका पाठ्यांशमा रहेका व्याकरण खण्डको पहिचान

Authors

  • Kul Prasad Ghimire Okhaldhunga Campus, Okhaldhunga

Keywords:

भाषातत्व, व्युत्पत्ति, वाक्यान्तरण, सम्प्रेषण, परिष्कृत

Abstract

भाषालाई शुद्ध,परिष्कृत पार्ने व्याकरणलाई भाषाको आत्मा मानिन्छ । व्याकरणलाई भाषिक अनुशासन कायम राख्ने शास्त्र समेत भनिन्छ । भाषालाई उत्कृष्ट प्रयोगका लागि व्याकरणको खास महत्त्व हुन्छ । व्याकरण शिक्षण सिकाइबाट सम्पूर्ण विद्यार्थीहरू त्यसमा पनि माध्यमिक तह अध्ययन गर्ने विद्यार्थीहरूले गर्ने प्रयोग गर्ने भाषिक प्रयोगको त्रुटि वा अशुद्ध रूपलाई सुधार गर्न सकिन्छ । नेपाली भाषाको उच्चस्तरीय क्षमता वृद्घि गराउन विद्यालयदेखि विश्व विद्यालयसम्म नेपाली व्याकरणको शिक्षण गर्ने गराउने प्रचलन रहेको छ । नेपाली व्याकरण नेपाली भाषाका आन्तरिक नियम व्यवस्थासँगै आबद्घ व्याकरण मानिन्छ । नेपाली व्याकरणले नेपाली भाषालाई बुझ्न र व्याख्या गर्न सहयोग पुर्याउँदछ । यसका साथै नेपाली भाषाको स्तरयुक्त, मानक, शिष्ट, शुद्घ र सान्दर्भिक प्रयोग साथै संरचना र सिप सिकाइलाई भाषिक एकरूपता, स्थिरता र सम्प्रेषणीयता हासिल गराउन मार्ग निर्देश गर्दछ । यसले विद्यालय तहको माध्यमिक तहमा नेपाली विषयको पाठ्यक्रमले तोकेका व्याकरण खण्डको विश्लेषण गरी उक्त तहका अध्येतालाई शिक्षण सिकाइमा सहयोग पुर्याउँदछ भन्ने अपेक्षा राखिएको छ । यस लेखमा माध्यमिक तहको नेपाली व्याकरणमा रहेका शीर्षक उपशीर्षकहरूको जानकारी र शिक्षणका क्रममा आइपरेका सामान्य समस्याहरू समाधानका उद्देश्य राखिएको छ । व्याकरण शिक्षणका प्रकृयाहरूलाई आधार मानेर द्वितीय स्रोतका सामग्रीहरूको उपयोग गरी विद्यालय तहमा नेपाली विषयको पाठ्यांशमा रहेका विषयहरूको पहिचान गर्ने क्रममा पुस्तकालयीय विधिमा आधारित भई द्वितीय स्रोतका सामग्रीहरूलाई यहाँ विश्लेषणात्मक शैलीमा प्रस्तुत गरिएको छ । माध्यमिक तहको पाठ्यांशमा नेपाली व्याकरण शिक्षण गर्दा भाषिक सिप शिक्षण सँगै भाषा तत्त्वगत सिकाइमा जोड दिनु पर्ने, शैक्षणिक व्याकरणलाई आत्मसात गरी शिक्षण गर्नु पर्ने, शिक्षकहरूमा ज्ञान तथा तालिमको व्यवस्था गरिनु पर्ने व्याकरण शिक्षणलाई प्रयोगात्मक,व्यवहारिक र कार्यमूलकमा जोड दिइ सिकाइ क्रियाकलाप गरिनुपर्ने देखिन्छ । अतः वर्तमान माध्यमिक नेपाली विषयको व्याकरण खण्डबारे सबैलाई थप सुसूचित गर्दै यसमा समेटिएका शीर्षक उपशीर्षकका बारेमा जानकारी दिइ उक्त विषयहरूको बारेमा थप स्पष्ट पार्ने काम यस लेखमा गरिएको छ ।

Abstract
138
PDF
0

Downloads

Published

2025-06-16

How to Cite

माध्यमिक तह नपाली विषयका पाठ्यांशमा रहेका व्याकरण खण्डको पहिचान. (2025). Okhaldhunga Journal, 2(3), 93-107. https://doi.org/10.3126/oj.v2i3.80004

Issue

Section

Articles

How to Cite

माध्यमिक तह नपाली विषयका पाठ्यांशमा रहेका व्याकरण खण्डको पहिचान. (2025). Okhaldhunga Journal, 2(3), 93-107. https://doi.org/10.3126/oj.v2i3.80004