शिक्षण पेशाप्रति शिक्षक प्राध्यापकहरूकाे सन्तुष्टि

Authors

  • Kumar Bahadur Baniya

DOI:

https://doi.org/10.3126/oj.v2i3.80005

Keywords:

सामुदायिक क्याम्पस, शिक्षण पेशा, सन्तुष्टि, पुनर्वल, नतिजा

Abstract

प्रस्तुत अध्ययनले सामुदायिक क्याम्पसका शिक्षक/प्राध्यापकहरूको शिक्षण पेशाप्रति सन्तुष्टिको अवस्था, प्रभावकारी तत्त्वहरूको मूल्याङ्कन र समस्याहरूको समाधान सुझाउन मिश्रित (गुणात्मक र परिमाणात्मक) अनुसन्धान ढाँचा अपनाएको छ । तथ्याङ्क सङ्कलनका लागि अन्तर्वार्ता, प्रश्नावली, अन्तरक्रिया र छलफल निर्देशिका मार्फत प्राथमिक र द्वितीय स्रोतहरू प्रयोग गरिएको छ । अध्ययनले ४३.७५% शिक्षक/प्राध्यापक सन्तुष्ट र ५६.२५% असन्तुष्ट रहेको देखाएको छ । असन्तुष्टिको प्रमुख कारणहरूमा न्यून तलब, सुविधाको अभाव, लामो समय एउटै तहमा कार्य गर्नुपर्ने बाध्यता र तालिमको कमी रहेको पाइयो । शिक्षक/ प्राध्यापकहरूको दृष्टिकोण सकारात्मक र नकारात्मक दुवै रहेको छ । सकारात्मक दृष्टिकोण राख्नेले नकारात्मक पक्षलाई बेवास्ता गरेको र नकारात्मक  दृष्टिकोण राख्नेले सकारात्मक पक्षलाई बेवास्ता गरेको देखिन्छ । सामाजिक दृष्टिकोण पनि मिश्रित रहेको छ । सुझावस्वरूप, सामुदायिक क्याम्पसका शिक्षक/ प्राध्यापकलाई आंगिक क्याम्पस सरह तलब र सुविधा, नियमित अनुगमन, राजनीतिक हस्तक्षेपमुक्त वातावरण र व्यवस्थापनमा एकरूपता कायम गर्नुपर्ने देखिन्छ । नीति निर्माण र कार्यान्वयनमा त्रिभुवन विश्वविद्यालय, परीक्षा नियन्त्रण कार्यालय, क्याम्पस व्यवस्थापन समिति र शिक्षक/प्राध्यापकहरूको सहकार्य आवश्यक छ । क्याम्पस र कक्षाकोठालाई कार्यान्वयनको प्रमुख थलो बनाउनुपर्छ । यो अध्ययनले शिक्षक/प्राध्यापकको पेशागत सन्तुष्टि वृद्धिका लागि नीति सुधार र व्यावहारिक उपायहरूको आवश्यकता औँल्याएको छ ।

Downloads

Download data is not yet available.
Abstract
91
PDF
20

Downloads

Published

2025-06-16

How to Cite

Baniya, K. B. (2025). शिक्षण पेशाप्रति शिक्षक प्राध्यापकहरूकाे सन्तुष्टि. Okhaldhunga Journal, 2(3), 11–18. https://doi.org/10.3126/oj.v2i3.80005

Issue

Section

Articles