प्रशासनको विकासक्रममा नयाँ सार्वजनिक सम्मोहन

Authors

  • Umesh Prasad Mainali नेपाल सरकार, लोकसेवा आयोग

Keywords:

नयाँ सार्वजनिक सम्मोहन, सार्वजनिक प्रशासन सुधार, आन्तरिक उत्प्रेरणा, नयाँ सार्वजनिक व्यवस्थापन, नागरिक सहभागिता, लोकतान्त्रिक शासन प्रणाली

Abstract

यस लेखमा सार्वजनिक प्रशासनको ऐतिहासिक विकासक्रमको विश्लेषण गर्दै नयाँ सार्वजनिक सम्मोहन (New Public Passion – NPP) को अवधारणालाई समकालीन सार्वजनिक प्रशासन सुधारको महत्वपूर्ण आयामका रूपमा प्रस्तुत गरिएको छ । लेखले परम्परागत सार्वजनिक प्रशासन, नयाँ सार्वजनिक व्यवस्थापन (New Public Management) र नयाँ सार्वजनिक शासन (New Public Governance) का सैद्धान्तिक विशेषता, उपलब्धि र सीमाहरूको क्रमिक समीक्षा गर्दछ । विशेषतः नयाँ सार्वजनिक व्यवस्थापनले कार्यकुशलता, परिणाममुखी व्यवस्थापन र बजारमुखी अभ्यासलाई प्राथमिकता दिए तापनि यसले न्याय, समानता, नागरिकता, लोकतान्त्रिक मूल्य तथा सार्वजनिक सेवकको आन्तरिक उत्प्रेरणालाई पर्याप्त रूपमा सम्बोधन गर्न नसकेको तर्क प्रस्तुत गरिएको छ ।यस लेखले नयाँ सार्वजनिक सम्मोहनलाई सार्वजनिक प्रशासन सुधारको परिपूरक तथा सुधारात्मक अवधारणाका रूपमा व्याख्या गर्दछ, जहाँ सार्वजनिक सेवकको आन्तरिक प्रेरणा, सेवा भाव, प्रतिबद्धता र नैतिक उत्तरदायित्वलाई केन्द्रमा राखिएको छ । लेखका अनुसार दिगो तथा प्रभावकारी सार्वजनिक सेवा प्रवाहका लागि संरचनात्मक सुधार मात्र पर्याप्त हुँदैन; सार्वजनिक सेवकमा विश्वास, उत्तरदायित्व, संवेदनशीलता र गतिशीलताको विकास अनिवार्य हुन्छ । नागरिक सहभागिता, सह–उत्पादन तथा मूल्यआधारित नेतृत्वलाई आत्मसात गर्दै नयाँ सार्वजनिक सम्मोहनले सार्वजनिक सेवाको गुणस्तर सुधार र लोकतान्त्रिक शासन सुदृढीकरणमा योगदान पुर्याउन सक्ने छ ।

Abstract
209
PDF (Nepali)
0

Author Biography

Umesh Prasad Mainali, नेपाल सरकार, लोकसेवा आयोग

पूर्व सचिव, पूर्व अध्यक्ष 

Downloads

Published

2026-01-16

How to Cite

प्रशासनको विकासक्रममा नयाँ सार्वजनिक सम्मोहन. (2026). PAAN Journal, 32(01), 1898-1910. https://doi.org/10.3126/paanj.v32i01.89294

Issue

Section

Articles

How to Cite

प्रशासनको विकासक्रममा नयाँ सार्वजनिक सम्मोहन. (2026). PAAN Journal, 32(01), 1898-1910. https://doi.org/10.3126/paanj.v32i01.89294