निर्वाचित र नियुक्त पदाधिकारीहरूको बहुआयामिक भूमिका तथा रूपान्तरणसम्बन्धी बहस

Authors

  • Damodar Regmi नेपाल सरकार

Keywords:

निर्वाचित पदाधिकारी, नियुक्त पदाधिकारी, उत्तरदायित्व, सार्वजनिक प्रशासन, नीति निर्माण प्रक्रिया, सुशासन, लोकतान्त्रिक शासन

Abstract

प्रजातान्त्रिक शासन प्रणालीमा निर्वाचित (Elected) र नियुक्त/छानिएका (Selected) पदाधिकारीहरूको बहुआयामिक भूमिका, उनीहरूको दक्षता, परस्पर निर्भरता तथा रूपान्तरणको आवश्यकता हुन्छ । सरकार सञ्चालनलाई प्रभावकारी, पारदर्शी र परिणाममुखी बनाउन दुवै प्रकारका पदाधिकारीहरूको भूमिका समानरूपमा अपरिहार्य रहन्छ । निर्वाचित नेतृत्व जनताबाट प्राप्त राजनीतिक वैधता, दूरदृष्टि, नीति निर्माण, निर्णय क्षमता, प्रतिनिधित्व तथा जनअपेक्षा रूपान्तरणमा केन्द्रित रहन्छ भने नियुक्त पदाधिकारीहरू प्राविधिक दक्षता, प्रशासनिक क्षमता, संस्थागत निरन्तरता, नियम परिपालना तथा नीति कार्यान्वयनका आधारस्तम्भ हुन् । निर्वाचित पदाधिकारिका नेतृत्वकारी, भविष्यपरक, रणनीतिक र कार्यगत दक्षताहरूले शासनको दिशा, प्राथमिकता तथा दीर्घकालीन यात्रा निर्धारण गर्छन्, जसमा दृष्टि निर्माण, संकट व्यवस्थापन, रणनीतिक सोच, जोखिम पूर्वानुमान, नवप्रवर्तन आत्मसात गर्ने क्षमता, कार्यक्रम कार्यान्वयन तथा सेवा प्रवाहमा जवाफदेहिता प्रमुख पक्षहरू हुन् । त्यस्तै, छानिएका पदाधिकारीहरूका प्राविधिक विशेषज्ञता, प्रशासनिक अनुशासन, स्रोत–साधन परिचालन, अनुगमन मूल्यांकन तथा सेवा प्रवाहमा दक्षताले शासनका नीतिहरूलाई व्यवहारमा परिणत गरी राज्य प्रशासनलाई स्थिरता र निरन्तरता प्रदान गर्छ । दुवै समूहका पदाधिकारीहरू बीच समन्वय आवश्यक क्षेत्रहरू जस्तो नीति निर्माण, कार्यक्रम कार्यान्वयन, जनसम्पर्क, समस्या समाधान, समावेशीतामूलक सहभागिता र जवाफदेहितामा सहकार्यको अभाव भएमा सुशासन कमजोर हुन सक्छ । यसका अतिरिक्त दक्षताहरू संचार कौशल, सहकार्य क्षमता, नैतिकता, पारदर्शिता, नवप्रवर्तनशीलता, परिवर्तनअनुकूलता र तथ्याङ्कमा आधारित निर्णय क्षमतालाई दुवै समूहका लागि आधुनिक शासनका अपरिहार्य गुणका रूपमा रहेका छन् । समग्रमा, यो अध्ययनले प्रजातान्त्रिक प्रणालीको सुदृढीकरण, सुशासन, सेवा प्रभावकारिता र परिणाममुखीताका लागि निर्वाचित र नियुक्त पदाधिकारीहरूबीचको सन्तुलित, पारदर्शी, सहकार्यपूर्ण र रूपान्तरणशील सम्बन्ध एक आधारभूत पूर्वशर्त भएको निष्कर्ष प्रस्तुत गरेकोछ ।

Abstract
68
PDF (Nepali)
0

Author Biography

Damodar Regmi, नेपाल सरकार

पूर्व सचिव

Downloads

Published

2026-01-16

How to Cite

निर्वाचित र नियुक्त पदाधिकारीहरूको बहुआयामिक भूमिका तथा रूपान्तरणसम्बन्धी बहस. (2026). PAAN Journal, 32(01), 1943-1953. https://doi.org/10.3126/paanj.v32i01.89298

Issue

Section

Articles

How to Cite

निर्वाचित र नियुक्त पदाधिकारीहरूको बहुआयामिक भूमिका तथा रूपान्तरणसम्बन्धी बहस. (2026). PAAN Journal, 32(01), 1943-1953. https://doi.org/10.3126/paanj.v32i01.89298