भालेश्वरदेखि कश्यपेश्वरसम्म धार्मिक पर्यटनको नजरमा काभ्रेपलाञ्चोकका प्रमुख शिवलिङ्गहरु
DOI:
https://doi.org/10.3126/panauti.v3i01.84045Keywords:
काभ्रेपलाञ्चोक, धार्मिक पर्यटन, शिवलिङ्ग, ऐतिहासिक र पौराणिकAbstract
काभ्रेपलाञ्चोक जिल्ला धार्मिक एवम् पौराणिक दृष्टिले पावन भूमि हो । यस आलेखमा काभ्रेपलाञ्चोक जिल्लामा रहेका स्कन्दपुराण वर्णित कश्यपेश्वरदेखि चण्डेश्वर,विकटेश्वर, धनेश्वर, इन्द्रेश्वर र भालेश्वरसम्मका प्रमुख ६ ओटा शिवलिङ्ग र शिवपीठको पौराणिक सन्दर्भ, वर्तमान अवस्थिति र धार्मिक पर्यटनको सम्भावनालाई केलाउने प्रयास गरिएको छ । यसका साथै उल्लिखित शिवपीठमा वर्षभरिमा लाग्ने प्रमुख मेला, पर्व, जात्रा उल्लेख गरी धार्मिक पर्यटनको पदमार्ग पहिचान गर्ने प्रयत्न गरिएको छ । यसका निमित्त गुणात्मक अध्ययन विधिलाई उपयोगमा ल्याइएको छ । यो लेख तयार पार्नका लागि आवश्यक तथ्याङ्कहरु प्राथमिक र द्वितीय स्रोतबाट सङ्कलन गरिएको छ । प्राथमिक स्रोतका लागि स्थलगत अवलोकन तथा तत् तत् स्थानका अग्रजहरुसँग सोधपुछ र अन्तर्वार्ता लिइएको छ । द्वितीय स्रोतका रुपमा विभिन्न सन्दर्भपुस्तक, पत्रपत्रिका र डिजिटल सामग्रीको उपयोग गरिएको छ । सङ्कलित तथ्याङ्कहरुलाई विश्लेषण गर्दा काभ्रेपलाञ्चोक जिल्ला धार्मिक र पौराणिक दृष्टिले पावन शिवतीर्थको जिल्ला हो भन्न सकिन्छ । विदेशी पर्यटक र सनातनी हिन्दु धार्मिक पर्यटनको प्रचुर सम्भावना पनि भएकोले धार्मिक पदमार्ग पहिचान गर्नु आवश्यक देखिन्छ । शिवतीर्थ क्षेत्रका शैवमार्गी र अन्य स्थानीय नागरिकहरुलाई शिवधामको प्रचार प्रशार र संरक्षणमा उत्प्रेरित गर्न सके शिवतीर्थको महत्व बृद्धि भई धार्मिक पर्यटनमा टेवा पुग्ने देखिन्छ ।
Downloads
Downloads
Published
How to Cite
Issue
Section
License

This work is licensed under a Creative Commons Attribution-NonCommercial 4.0 International License.
This license enables reusers to distribute, remix, adapt, and build upon the material in any medium or format for noncommercial purposes only, and only so long as attribution is given to the creator.