धार्मिक पर्यटनको दृष्टिकोणमा बडीमालिका बडीपूजाको ऐतिहासिक, राजनीतिक र सांस्कृतिक महत्व

Authors

  • Roshan Prasad Shrestha समाज सेवा, डोटी

DOI:

https://doi.org/10.3126/panauti.v3i01.84049

Keywords:

बडीमालिका यात्रा, धार्मिक पर्यटन, सांस्कृतिक विरासत, डोटी

Abstract

यस अध्ययनले सुदूरपश्चिम नेपालको डोटी जिल्लामा आयोजना हुने १५ दिने बडीमालिका धार्मिक यात्रा र पूजाको ऐतिहासिक, सांस्कृतिक, र पर्यटनगत महत्व विश्लेषण गर्दछ । यो यात्रा गोर्खाली सेनापति अमरसिंह थापाद्वारा नेपाल एकीकरण पश्चात् सुरु गरिएको ऐतिहासिक परम्परा हो, जसले हाल सम्म सामाजिक–धार्मिक एकताको प्रतीकको रूपमा कार्य गर्दै आएको छ । अध्ययनको उद्देश्य यात्रामा समावेश धार्मिक अनुष्ठान, सांस्कृतिक परम्परा, र स्थानीय समुदायको सहभागितालाई उजागर गर्नु र यसले धार्मिक पर्यटनलाई कसरी सहयोग गर्न सक्छ भन्ने बुझाइ दिनु हो । अध्ययनले प्रमुख सूचनादाता अन्तर्वार्ता र प्रत्यक्ष अवलोकन जस्ता गुणात्मक विधिहरू प्रयोग गरेको छ। डोटी जिल्लाका पुजारी, स्थानीय नेतृत्व, र प्रशासनिक अधिकारीहरूसँग गरिएका अन्तर्वार्ताले यात्राको प्रशासनिक, सामाजिक, र धार्मिक पक्षहरू उजागर गर्छ भने प्रत्यक्ष अवलोकनले अनुष्ठान, परम्परागत कार्यक्रम, र पर्यटकीय गतिविधिहरूको वास्तविक अध्ययन गर्न मद्दत पुर्याएको छ।  यात्राले धार्मिक श्रद्धा, सांस्कृतिक विविधता, र प्राकृतिक सुन्दरतालाई संयोजन गरेर नेपालको अद्वितीय पर्यटन आकर्षणको रूपमा कार्य गरेको देखिन्छ। विशेषगरी पेटारो परिक्रमा, खिरसेनमा खिर खुवाउने परम्परा, र विमकोटको ऐतिहासिक दरबार जस्ता तत्वहरूले यसलाई सांस्कृतिक पर्यटनको महत्वपूर्ण गन्तव्य बनाउँछन्। तथापि, आधारभूत पूर्वाधारको अभाव, सुविधाहरूको खाँचो, र व्यवस्थित प्रचारको कमीले यसको पूर्ण पर्यटन क्षमतालाई सीमित बनाएको छ। यसरी, बडीमालिका यात्रा नेपालको सांस्कृतिक विरासत र धार्मिक पर्यटनको सम्भावनालाई प्रतिनिधित्व गर्दछ। यसको संरक्षण, व्यवस्थित विकास, र स्थानीय सहभागितालाई बढाउँदै यसलाई अन्तर्राष्ट्रिय स्तरमा प्रचार गर्न आवश्यक छ, ताकि यो सुदूरपश्चिमको सामाजिक, आर्थिक विकासमा ठूलो योगदान पुर्याउन सकोस् ।

Downloads

Download data is not yet available.
Abstract
32
PDF (नेपाली)
12

Author Biography

Roshan Prasad Shrestha , समाज सेवा, डोटी

संस्थापक सदस्य

Published

2025-09-11

How to Cite

Shrestha , R. P. (2025). धार्मिक पर्यटनको दृष्टिकोणमा बडीमालिका बडीपूजाको ऐतिहासिक, राजनीतिक र सांस्कृतिक महत्व . Panauti Journal, 3(01), 185–193. https://doi.org/10.3126/panauti.v3i01.84049

Issue

Section

Articles