भलादमी निबन्धमा व्यङ्ग्य चेतना
DOI:
https://doi.org/10.3126/pdj.v7i1.78394Keywords:
सामाजिक व्यङ्ग्य, शैक्षिक व्यङ्ग्य, व्यङ्ग्यशिल्प, व्यङ्ग्यचेतनाAbstract
प्रस्तुत लेख लक्ष्मीप्रसाद देवकोटाद्वारा लिखित ‘भलादमी’ निबन्धमा प्रयुक्त व्यङ्ग्यको अध्ययनमा केन्द्रित छ । गुणात्मक ढाँचामा लेखिएको यस लेखमा निर्दिष्ट निबन्धमा समाविष्ट व्यङ्ग्य चेतना व्यक्त गर्ने निबन्धका सन्दर्भ प्रथमिक स्रोतका रूपमा रहेका छन् । व्यङ्ग्यसँग सम्बन्धित सैद्धान्तिक ग्रन्थ, लेख तथा प्रतिवेदनलाई द्वितीयक स्रोत सामग्रीका रूपमा उपयोग गरिएको छ । समालोचनात्मक विश्लेषण प्रव्रिया अवलम्बन गरी तयार पारिएको यस लेखमा निष्र्दिष्ट द्वितीयक स्रोतबाट सैद्धान्तिक पर्याधार तथा विश्लेषणको आधार तयार पारिएको छ । निर्मित सैद्धान्तिक आधारका दृष्टिकोणमा कृतिबाट व्यङ्ग्यचेनतायुक्त अंश र सन्दर्भलाई साक्ष्यका रूपमा उपयोग गर्दै विश्लेषण गरिएको छ । तत्कालीन राणाकालीन सामाजिक, आर्थिक, भाषिक एवम् साहित्यिक जीवनका विसङ्गतिलाई विषय बनाएरनिबन्धमा व्यक्त व्यङ्ग्य चेतना नतिजाका रूपमा प्राप्त भएको छ । तल्कालीन समाजका युवाकाव्रिmयाकलाप र बोलीचाली, पहिरन, खानपिन, अहम्वादी प्रवृत्तिप्रतिको सशक्त व्यङ्ग्यवाण निबन्धकारलेव्यक्त गरेका छन् । यसका साथै विद्वान्का बोव्रmेपन, शिक्षकका कमजोरी, योगी महात्म्यहरूको ढोँगीपनका साथै भाषिक—साहित्यिक क्षेत्रका व्यङ्ग्यलाई उत्कृष्ट शैलीशिल्पमा प्रस्तुत गर्न सफल योनिबन्ध उत्कृष्ट व्यङ्ग्य निबन्धका रूपमा दरिएको छ । समग्रमा सामाजिक युग जीवनका विकृति र विसङ्गतिप्रति व्यङ्ग्यवाण प्रहार गरी स्वस्थ समाज निर्माणका लागि विश्लेष्य कृति प्रभावशाली पहिचान छाड्न सफल भएको तथ्य निष्कर्षित भएको छ ।
Downloads
Downloads
Published
How to Cite
Issue
Section
License

This work is licensed under a Creative Commons Attribution-NonCommercial-NoDerivatives 4.0 International License.
This license enables reusers to copy and distribute the material in any medium or format in unadapted form only, for noncommercial purposes only, and only so long as attribution is given to the creator.