आर्यभाषाको विकास र नेपाली भाषाको उद्भव
DOI:
https://doi.org/10.3126/pdj.v7i1.78395Keywords:
अभिलेख, अपभ्रंश, आर्यावर्त, वैदिककाल, सम्मिश्रितAbstract
भारोपेली भाषाका वक्ताहरू युराल पर्वतको दक्षिण पूर्वमा अवस्थित किर्गिजको मैदानबाट छुट्टिएर भारतइरानेली शाखाका रूपमा एउटा हाँगो पूर्वतिर लाग्यो । त्यो हाँगो पनि इरानेलीहरूबाट अलग्गिएर इ.पू.१५०० तिर आर्यहरू भारत प्रवेश गरे पश्चात् नै आर्यभाषाको जन्म भएको हो । आर्यहरूले आफ्नाज्ञानलाई टिपोट गर्न अपनाएको वैदिक र लौकिक संस्कृत भाषा नै उत्तरोत्तर परिवर्तन हुँदै जनभाषाकारूपमा विस्तार हुँदा प्राकृत र अपभ्रंश भाषा जन्मेका हुन् । यिनै भाषाको एउटा भेद खस भाषा नैनेपाली भाषाको मूल आधार हो तापनि नेपाली भाषाको माउ भाषा चाहिँ प्राचीन आर्यभाषा अर्थात्संस्कृत भाषा नै हो । यसरी संस्कृतबाट प्राकृत र प्राकृतबाट कालान्तरमा बदलिंदै अपभ्रंश भाषाहरू निर्माण भए पश्चात्तिनै अपभ्रंश भाषाहरूबाट आधुनिक आर्यभाषाको एउटा हाँगो खस भाषाका रूपमा विस्तार भयो । त्यही खस भाषाकै एउटा भेद पूर्वी पहाडी भाषाका रूपमा नेपाली भाषाको उत्पत्ति भएको विषयलाई पुस्तकालयीय स्रोतबाट सङ्कलित सामग्रीको व्याख्यान विधिद्वारा अध्ययन गरी विस्तारमा चर्चा गर्ने काम प्रस्तुत अनुसन्धानात्मक लेखमा गरिएको छ ।
Downloads
Downloads
Published
How to Cite
Issue
Section
License

This work is licensed under a Creative Commons Attribution-NonCommercial-NoDerivatives 4.0 International License.
This license enables reusers to copy and distribute the material in any medium or format in unadapted form only, for noncommercial purposes only, and only so long as attribution is given to the creator.