निना कथामा अङ्गी र अङ्गरसको अवस्था
DOI:
https://doi.org/10.3126/pdj.v7i1.78435Keywords:
साल्सा, यौनासक्ति, जुम्बा, ककटेल, रतिक्रियाAbstract
प्रस्तुत निना कथामा अङ्गी र अङ्गरसको अवस्था शीर्षकको अनुसन्धानमूलक लेख रससिद्धान्तसँग सापेक्षित रहेको छ । विशेष गरी कथामा प्रस्तुत रसको निदान गरी अङ्ग र अङ्गीरसको अवस्थाकोनिरूपण गर्नु यस लेखको उद्देश्य रहेको छ । लेखमा निना कथाका प्रमुख पात्रहरू निना र मालामा रतिभाव प्रबल रहेको र सम्भोग श्रृङ्गार अङ्गीरसका रूपमा प्रकट भएको निष्कर्ष दिइएको छ । यसैगरी निनामा बेलाबेलामा प्रकट भएका विस्मयपरक व्यवहारहरू अद्भुत रससँग सम्बन्धित रहेका हुनाले यसलाई कथामा प्रस्तुत अङ्गरस भनेर निचोड दिइएको छ । लेखमा प्रस्तुत विश्लेषणीय प्राज्ञिक विषयहरू गुणात्मक अध्ययन पद्धतिमा आधारित भएर व्याख्यापरक विधिमार्फत विश्लेषण गरिएकोछ । अध्ययनमा उद्देश्यमूलक नमुना छनोट पद्धतिका आधारमा कथा चयन गरी अङ्गी र अङ्गरससँग सम्बन्धित रससिद्धान्तका आलोकमा विश्लेषण गरिएको छ । यस लेखमा निना र मालाका क्रियाकलापहरू रतिरागात्मक रहेका र समग्र कथा सम्भोग श्रृङ्गार रसमा प्रस्तुत भएको उल्लेख गरिएको छ । रतिकृत्यमा रमाउने गरेकी मालासँगको सङ्गतले निनामा आमूल परिवर्तन आएको छ रउनीहरू दुवै यौनजन्य कृत्यमा सामेल भएका छन्। कथामा यही रसभाव प्रमुख रूपमा प्रकट भएको छ भन्ने यस अध्ययनको सार रहेको छ । सौम्य स्वभावकी निना आफ्नो पतिसँग सरल जीवनशैलीमा रहँदारहँदै जब साल्सा सिक्ने अनि मालाको सम्पर्कमा रहेपछि उसले अनुभव गर्दै गएका रति कृत्यको नवीनतामा विस्मयपरक भाव बेलाबेलामा प्रकट भएको देखिएको छ यो नै अद्भूत रस हो । यसलाई अङ्गरसका रूपमा व्याख्या गरिएको छ ।
Downloads
Downloads
Published
How to Cite
Issue
Section
License

This work is licensed under a Creative Commons Attribution-NonCommercial-NoDerivatives 4.0 International License.
This license enables reusers to copy and distribute the material in any medium or format in unadapted form only, for noncommercial purposes only, and only so long as attribution is given to the creator.