सिकाइ उपलब्धिमा सिकाइ सहजीकरणको प्रभाव
DOI:
https://doi.org/10.3126/pdj.v7i1.78436Keywords:
उपलब्धि, निर्माणवाद, सहयोगात्मक, सहजीकरण, सिकाइAbstract
प्रस्तुत अनुसन्धानमूलक लेख विद्यालय तहको नेपाली भाषा कक्षामा आधारित सिकाइ सहजीकरणको उपयोग पक्षमा केन्द्रित छ्र । सिकारुको सिकाइ उपलब्धिमा सिकाइ सहजीकरणको प्रभाव खोज्ने उद्देश्य प्रस्तुत लेखमा राखिएको छ । अध्ययनलाई मिश्रित अनुसन्धान विधिमा आधारित गराई कार्यमूलक अनुसन्धान ढाँचाका माध्यमबाट सम्पादन गरिएको छ । यसका लागि उत्तर प्रत्यक्षवादी दृष्टिकोण र निर्माणवादी सिद्धान्तलाई उपयोगमा ल्याइएको छ । लक्षित विद्यालयका विद्यार्थी, अभिभावक र विषयशिक्षकबाट अन्तर्वार्ता, लक्षित समूह छलफल र दस्तावेज अध्ययन उपकरणका सहायताले तथ्याङ्क सङ्कलन गरिएको छ । यस क्रममा सिकाइ समस्याको पहिचान, शैक्षणिक योजनाको निर्माण, त्यसको कार्यान्वयन, कार्यको अवलोकन र प्रतिबिम्बनजस्ता चरणबद्ध तरिकाबाट अनुसन्धानमा प्रस्तुत दावीलाई स्थापित गराइएको छ । अध्ययनबाट सिकारुको सिकाइ उपलब्धिमा सिकाइ सहजीकरणको मुख्य भूमिका हुन्छ भन्ने निष्कर्ष निस्किएको छ । विद्यालयद्वारा लिइएको आन्तरिक परीक्षा र विषय शिक्षकबाट लिइएको प्रारम्भिक परीक्षामा विद्यार्थीले सन्तोषजनक अङ्क प्राप्त गर्न नसकेका स्थितिमा योजनाबद्ध सिकाइ सहजीकरणपश्चात सिकारुको सिकाइ उपलब्धिमा क्रमशः वृद्धि भएको छ । जोन डिबे, जिनपियाजे र भिकोत्स्कीको निर्माणवादी सिद्धान्तले भनेझैँ शिक्षकको संरचनात्मक टेवाका आधारमा सिकारु सम्भाव्य विकासका क्षेत्रमा पुग्न सकेको छ । यस कार्यका लागि शिक्षकको समर्पण, विद्यार्थीको उत्साहजनक सहभागिता र उपयुक्त शैक्षिक परिवेश आवश्यक पर्दछ । अतः योजनाबद्ध शैक्षणिक कार्यकलाप तथा अभिलेख निर्माण र त्यसको उपयोगबाट सिकारुको सिकाइ स्तर बढाउन महत्वपूर्ण सहयोग मिलेको छ । सिकाइ सहजीकरणमा रुचि राख्ने अध्येताका लागि प्रस्तुत अनुसन्धान उपयोगी हुने देखिन्छ ।
Downloads
Downloads
Published
How to Cite
Issue
Section
License

This work is licensed under a Creative Commons Attribution-NonCommercial-NoDerivatives 4.0 International License.
This license enables reusers to copy and distribute the material in any medium or format in unadapted form only, for noncommercial purposes only, and only so long as attribution is given to the creator.