सङ्कथनका स्वरूप

Authors

  • Shreedhar Neupane नेपाली विभाग, पृथ्वीनारायण क्याम्पस, पोखरा

DOI:

https://doi.org/10.3126/pdj.v7i1.78438

Keywords:

इन्द्रियग्राह्य, कथात्मक, खण्डित, विस्तारपूर्वक, शृङ्खला

Abstract

प्रस्तुत लेख सङ्कथनका मूलभूत स्वरूपहरूको विश्लेषण गर्ने उद्देश्यले तयार पारिएको हो । यस लेखको अध्ययन क्षेत्रका रूपमा सङ्कथन रहेको छ भने समस्याका रूपमा यसका स्वरूप रहेका छन् । कुनैपनि पाठमा कोशीय अर्थ मात्र सन्निहित नभई त्यसको सन्दर्भगत अर्थसमेत सम्प्रेषण भएको हुन्छ भन्नेकुरा सङ्कथनसँग सम्बद्ध छ । वाक्यभन्दा मुनिका भाषिक अभिव्यक्तिदेखि बृहत् आकृतिका रचना पनि सङ्कथनका रूपमा चिनिन्छन् । यस्ता सङ्कथनका स्वरूपको पहिचान गर्न आवश्यक देखिएकालेसङ्कथनका स्वरूप कस्ता छन्भन्ने जिज्ञासालाई यस अध्ययनमा समस्याका रूपमा प्रस्तुत गरिएकोछ । सङ्कथनका विभिन्न स्वरूपहरूका बारेमा चर्चा गर्दा वर्णनात्मक, विवरणात्मक, विश्लेषणात्मक र आख्यानात्मक सङ्कथनलाई सूचकका रूपमा यस अध्ययनमा उपयोग गरिएको छ । गुणात्मक अनुसन्धान ढाँचा, बहुसत्यमा विश्वास, आगमनात्मक शोधविधिको अवलम्बन गरिएको यस अध्ययनमा प्राथमिक र द्वितीयक स्रोतका सामग्रीको उपयोग गरिएको छ । कुनै विषयको इन्द्रियग्राह्य प्रस्तुति वर्णनात्मक सङ्कथन, कुनै विषयको विस्तारपूर्वक अभिव्यक्ति विवरणात्मक सङ्कथन, संश्लिष्ट विचारको खण्डित प्रस्तुति विश्लेषणात्मक सङ्कथन र घटनालाई कारण कार्य शृङ्खलामा आबद्ध गराई कथात्मक ढाँचामा प्रस्तुत गरिने आख्यानात्मक सङ्कथन हो । सन्दर्भगत अर्थ सम्प्रेषण हुने यी सबै स्वरूपका सङ्कथनमा आरम्भ, विस्तार र समापनको शृङ्खला कायम गरिएको हुन्छ भन्ने निष्कर्ष यस अध्ययनको रहेको छ ।

Downloads

Download data is not yet available.
Abstract
0
PDF
0

Author Biography

Shreedhar Neupane, नेपाली विभाग, पृथ्वीनारायण क्याम्पस, पोखरा

उपप्राध्यापक

Downloads

Published

2025-05-07

How to Cite

Neupane, S. (2025). सङ्कथनका स्वरूप. Prithvi Darpan पृथ्वी दर्पण, 7(1), 68–79. https://doi.org/10.3126/pdj.v7i1.78438

Issue

Section

Articles