विवस्त्र रामायण कथामा नारीवाद
DOI:
https://doi.org/10.3126/pdj.v7i1.78456Keywords:
विवस्त्र रामायण, नारीवाद, विपठन/विनिर्माण, पितृसत्ता, अस्मिताAbstract
प्रस्तुत ‘विवस्त्र रामायण’ मा ‘नारीवाद’ शीर्षकको आलेख उत्तरआधुनिक नारीवादी कोणबाट ‘विवस्त्ररामायण’ कथालाई केलाउने उद्देश्यले तयार गरिएको हो । कथाकार अर्चना थापाद्वारा लिखित ‘विवस्त्ररामायण’ कथालाई नारीवादी कोणबाट विश्लेषण गर्ने सन्दर्भमा मूलतः पुस्तकालय कार्यको उपयोगगर्दै प्राथमिक र द्वितीयक स्रोतका सामग्रीहरू सङ्कलन गरी तिनको अध्ययन विश्लेषणबाट प्राप्ततथ्यलाई तर्क, प्रमाण र कार्य कारण सम्बन्धका आधारमा पुष्टि गरिएको छ । प्रस्तुत कथालाई नारीवादीकोणबाट हेर्दा ‘रामायण’ लाई विपठन÷विनिर्माण गरी पुरूषद्वारा पीडित नारीका पीडालाई मिनाक्षी रमैथिलीका माध्यमबाट प्रस्तुत गरिएको छ । पितृसत्ताका कारण रामायणका नारी पात्रहरूले मनभरिपीडा बोकेर बनावटी हाँसो हाँस्नु परेको वास्तविकतालाई कथामा प्रस्तुत गरिएको छ । पितृसत्ताको विरोध, विगतप्रति चरम विद्रोह, अस्तित्वशून्य आदर्श जीवनप्रतिको अनास्था, नारीअस्मिताको अग्निपरीक्षा, नारी स्वतन्त्रताको वकालतजस्ता पक्षहरू कथामा उद्घाटित भएका छन्। पुरूषप्रधान समाजकानारीहरूले सदियांदेखि भोग्दै आएका पीडा र व्यथाहरूलाई प्रतिकार र प्रतिरोध गर्ने कार्य मिनाक्षी रमैथिलीका माध्यमबाट भएको छ । यसरी हेर्दा गहन बौद्धिकता र तार्किकताका साथ लेखिएको ‘विवस्त्ररामायण’ विषयवस्तुका दृष्टिले मात्र नभई प्रस्तुतिका दृष्टिले पनि नवीन र उत्कृष्ट कथा हो ।
Downloads
Downloads
Published
How to Cite
Issue
Section
License

This work is licensed under a Creative Commons Attribution-NonCommercial-NoDerivatives 4.0 International License.
This license enables reusers to copy and distribute the material in any medium or format in unadapted form only, for noncommercial purposes only, and only so long as attribution is given to the creator.