गण्डकी प्रदेशका मातृभाषाहरूको वितरण, अवस्था र दिशा
DOI:
https://doi.org/10.3126/pdj.v7i1.78457Keywords:
बहुभाषिकता, भाषापरिवार, भाषिक जीवन्तता, भाषिक लोपोन्मुखता, मातृभाषाको वितरणAbstract
भाषा मानवीय विचार अभिव्यक्तिको माध्यम तथा संस्कृति, सभ्यता र पहिचानको प्रमुख आधार हो ।कुनै पनि राज्य तथा क्षेत्रको भाषिक विविधता त्यहाँको अमूल्य सांस्कृतिक निधिका रूपमा रहेको हुन्छ। प्रस्तुत लेख गण्डकी प्रदेशका मातृभाषाहरूको वितरण, अवस्था र दिशा पहिचान गर्ने उद्देश्यमा केन्द्रितरहेको छ । यो लेख परिमाणात्मक अनुसन्धान ढाँचामा आधारित छ । राष्ट्रिय जनगणनाको भाषिक तथ्याङ्कलाई सामग्रीका रूपमा उपयोग गरिएको छ । लेखमा गण्डकी प्रदेशका मातृभाषाको तथ्याङ्कप्रस्तुत गर्नाका साथै ती भाषाहरूको जिल्ला, पालिका, भूगोल, परिवारका आधारमा वितरण प्रस्तुतगर्नाका साथै अवस्था र दिशा पहिचान गरिएको छ । यस क्रममा तालिका र स्तम्भचित्रका सहायताबाट नतिजालाई चित्रात्मक रूपमा प्रस्तुत गरी त्यसको विश्लेषणसमेत गरिएको छ । यस लेखबाट प्रदेशमासङ्ख्यात्मक रूपमा धेरै मातृभाषाहरू प्रचलनमा रहेका, धेरै भाषाका वक्ताहरू अत्यन्तै कम भएका,सबै जिल्ला, स्थानीय तह र भूगोल बहुभाषी रहेका र मातृभाषाको वितरण सबै जिल्ला र पालिकामा समान तवरले नभएको निष्कर्ष प्राप्त भएको छ । यसका साथै यस अध्ययनबाट प्रदेशका भाषाका बारेमा गहन अध्ययन र अनुसन्धान हुन बाँकी रहेको तथा धेरै भाषाहरूमा शक्तिशाली भाषाको प्रभावका कारण पुस्तान्तरण हुन नसकी सङ्कटतर्फ उन्मुख भएको निष्कर्ष प्राप्त भएको छ । भाषिक विविधतालाईजोगाएर राख्न यहाँका भाषाका बारेमा पर्याप्त अध्ययन अुनसन्धान गरी तिनको संरक्षण र संवद्र्धनका लागि भाषानीति निर्माण गरी भाषायोजना कार्यान्वयन गर्न सकेमा भाषा संरक्षणमा योगदान पुग्नेअपेक्षा गरिएको छ ।
Downloads
Downloads
Published
How to Cite
Issue
Section
License

This work is licensed under a Creative Commons Attribution-NonCommercial-NoDerivatives 4.0 International License.
This license enables reusers to copy and distribute the material in any medium or format in unadapted form only, for noncommercial purposes only, and only so long as attribution is given to the creator.